काठमाण्डौ । सार्वजनिक निश्कासनहरुको बाढीमा पोखरा फाइनान्सको एफपीओ प्रस्ताव पनि थपिएको छ । पोखरा फाइनान्स लिमीटेड पनि ९ लाख ८३ हजार कित्ता एफपीओ निश्कासनको माग गर्दै धितोपत्र बोर्ड पुुगेको हो । 

पोखरा फाइनान्सले एफपीओ निश्कासनको माग गर्दै फागनु २६ गते धितोपत्र बोर्डमा निवेदन दिएको हो । आवेदन स्वीकार गर्दै बोर्डले उसको प्रस्तावलाई पाइपलाइनमा राखेको छ । 

एफपीओ निश्कानसका लागि एनआइबिएल क्यापिटल मार्केट लिमीटेड बिक्री प्रबन्धक तोकिएको छ । 

पोखरा फाइनान्सको २०७३ कात्र्तिक ९ गते सम्पन्न २० औं वार्षिक साधारणसभाले ९ लाख ८३ हजार कित्ता एफपीओ निश्कासको प्रस्ताव पारित गरेको थियो । यो कम्पनीले प्रति कित्ता कति मूल्यमा एफपीओ निश्कासन गर्न लागेको हो भन्ने बिषय चाहि बाहिर ल्याएको छैन । 

एफपीओ निश्कासन गरी कम्पनीमा संस्थापक र सर्वसाधारणहरुको सेयर स्वामित्व संरचनालाई ५१ : ४९ को अनुपातमा रुपान्तरण गर्न लागिएको कम्पनीले जनाएको छ । एफपीओ लगत्तै यो कम्पनीले १५ प्रतिशत हकप्रद समेत निश्कासन गर्ने २० औं एजीएमबाट पारित भइसकेको छ । यसको अर्थ, एफपीओ पर्नेले समेत १५ प्रतिशत हकप्रदका लागि आवेदन दिनसक्नेछन् । 

पोखरा फाइनान्सले चालुु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म ४ करोड ८३ लाख रुपैयाँ खूद नाफा आर्जन गरेको छ । हाल यो कम्पनीको चुक्तापूँजी ५५ करोड ७४ लाख रुपैयाँ रहेको छ । एफपीओ र हकप्रदपछि चुक्तापूँजी ७५ करोड ४० लाखको उचाईमा पुुगेको छ । आर्थिक वर्ष २०७३/७४ भित्रमा राष्ट्रिय स्तरको फाइनान्स कम्पनीको चुक्तापूँजी ८० करोड पुुग्नुुपर्ने केन्द्रीय बैंकले व्यवस्था गरेको छ ।