काठमाण्डौ । फिनटेक उद्योगमा नेपालकै अग्रणी एफवान सफ्ट ग्रुपको स्ट्राटेजी डाइरेक्टरमा डेनियल डी श्रेष्ठ नियुक्त भएका छन्। 

श्रेष्ठलाई एफवान सफ्ट गु्रपको सञ्चालक समितिको बैठकले स्ट्राटेजी डाइरेक्टरमा नियुक्त गरेको हो। उनी यसअघि एफवान ग्रुपअन्तर्गतको हेल्थ टेक भर्टिकल कोजेन्ट हेल्थमा सीईओका रुपमा र इसेवा मनी ट्रान्सफरमा निर्देशकका रुपमा कार्यरत थिए। 

आफ्नो नयाँ जिम्मेवारी संहाल्दै डाइरेक्टर श्रेष्ठले भने, ‘एफवानसफ्टअन्तर्गतका कम्पनीहरुको अहिलेसम्म जुन कम्पिटेन्सी बनेको छ, यसमा थप नयाँ सिनर्जी ल्याउन र  ग्रुप लेभल ग्रोथको भिजन प्राप्त गर्ने दिशामा मैले काम गर्नेछु।’ 

स्ट्राटेजिक म्यानेजमेन्ट र मार्केटिङमा एमबीएसम्म अध्ययन गरेका श्रेष्ठ अब्बल व्यवस्थापकका रुपमा चिनिन्छन्। श्रेष्ठसँग फिनटेक, हेल्थटेक, रेमिट्यान्सलगायतका क्षेत्रहरुको विभिन्न कर्पोरेटमा उच्च तहमा १३ वर्षभन्दा बढी काम गरेको अनुभव छ। 

सफ्टवेयरको क्षेत्रमा ख्याति कमाएको एफवान सफ्ट कम्पनी नेपालका ठूला आईटी कम्पनीमध्येको एक हो। सन् २००४ बाट सञ्चालनमा आएको एफवान सफ्टले वित्तीय क्षेत्रका सफ्टवेयर निर्माण तथा उत्पादन गर्दै नेपाललगायत विदेशी मुलुकमा बिक्री वितरण गर्दै आएको छ। 

एफवान सफ्ट गु्रप अन्तरगत हाल १३ वटा कम्पनी सञ्चालनमा रहेका छन्। एफ्वान सफ्टअन्तर्गत इसेवा, फोनपे, इसेवा मनी ट्रान्सफर, कोजेन्ट हेल्थ, दियालो टेक्नोलोजिज, बससेवालगायतका स्थापित कम्पनी रहेका छन्। 

नेपालका अधिकांश बैंक तथा वित्तीय संस्थामा एफवान सफ्टले विकास गरेका मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, भाइवर बैंकिङलगायसका सोलुसन प्रयोग हुँदै आएका छन्। एफवान सफ्टकै भगिनी संस्था इसेवा नेपालको पहिलो र बजार हिस्सामा पनि नम्बर वान पेमेन्ट गेटवे कम्पनी हो भने पछिल्ला दिनमा निकै सफल मानिएको फोनपेले स्वेदेशी र विदेशी भुक्तानीको क्षेत्रमा अन्तरआबद्धताका रुपमा कार्य गर्दै आएको छ। नेपालमा क्यूआर भुक्तानीको क्षेत्रमा फोनपेले एक किसिमको क्रान्ति नै ल्याएको छ।