-भक्तराज रसाइली
काठमाण्डौ । अनलाइन कारोबार प्रणालीको कमजोरीको फाइदा उठाउँदै दुई साताअघि नेप्सेमा सूचिकृत एभरेष्ट बैंकको १६ हजार कित्ता सेयरको नक्कली कारोबार भएको रहस्य खुलेको छ । 

हुँदै नभएको सेयर बिक्रीमा राखेर चलखेलका लागि गरिएको यो गम्भीर घटनाका दोषीलाई कारबाहीको गर्नुको साटो घटनालाई गुपचुप बनाउन नेप्से प्रमुख चन्द्रसिंह साउदकै संलग्नता समेत देखिएको छ । साउदकै नेतृत्वमा यो गम्भीर प्रकृतिको घटनालाई गुपचुप बनाइएको समेत रहस्य खुलेको छ । 

अनलाइन कारोबार प्रणालीमा भएका यस्ता गम्भीर त्रुटिको फाइदा उठाउने गिरोहहरुको चलखेलका कारण पछिल्लो समय नेपाल स्टक एक्सेञ्ज लिमिटेड(नेप्से)मा सूूचिकृत कम्पनीहरुका कारोबार(डिल) रद्द गर्ने क्रम निरन्तर बढ्दै गएको छ । 

नेपालको पूँजी बजारमा दोस्रो बजार कारोबार गर्न स्थापित स्टक एक्सचेञ्जको स्थापना स्वस्थ कारोबारका लागि आवश्यक व्यवस्था मिलाउने रहेको छ ।

स्वच्छ कारोबार सञ्चालन र लगानीकर्ताको हित रक्षाका लागि नेप्सेले कारोबारको अनुुगमन, निरीक्षण तथा सुपरिवेक्षण गर्दै आएको बताए पनि गत कात्तिक १९ गते ब्रोकर नम्बर ३५, कोहिनूूर सेक्युरिटीजमार्फत भएको एभरेष्ट बैंकको १६ हजार कित्ता सेयर सो मितिमा कारोबार भए पनि नेप्सेका सीइओ साउदको एकल निर्णयले डिल रद्ध भएको थियो । कोहिनूर सेक्युरिटिज स्टक ब्रोकर एशोसिएसनका अध्यक्ष भरत रानाभाटले संचालन गरेको ब्रोकरेज हाउस हो । 

बाठा र चलाख लगानीकर्ताहरुले कुुनै सेयरको मूल्यमा लगाम लगाउन डमी खरिदबिक्री अर्डर राख्दै आइरहेका छन् । यही गैरकानूूनी क्रियाकलापमाथि नेप्सेले सुुपरिवेक्षण तथा अनुुगमन गरी संलग्न व्यक्ति वा संस्थालाई कानूुनबमोजिम सजायको भागिदार बनाउनुुका साटो नेप्से सीइओ साउद नै मुुख्य पक्षपोषकका रुपमा अगाडि आएका हुन्।

यसरी डमी अर्डर(नक्कली अर्डर) राखेर सेयर उपलब्ध गराउन नसके २० प्रतिशत जरिवाना लगाउने अधिकार नेप्सेसँग छ । यही मुुद्धामा एभरेष्ट बैंकको १६ हजार हाराहारी कित्ता सेयर उपलब्ध नहुँदा यसको हिजोआजको प्रचलित मूूल्य करिब ५ सय ५० रुपैयाँ राख्दा १७ लाख ६० हजार रुपैयाँ खरिदकर्तालाई भर्पाइ गर्नुुपर्छ । १७ लाख ६० हजार रुपैयाँ जरिवाना रकमको २५ प्रतिशतले हुुन आउने ४ लाख ४० हजार रुपैयाँ विन्डफल करको रुपमा सरकारी ढुकुटीमा जानु पथ्र्यो । तर, साउदकै भूमिकाका कारण सरकारले यो कर समेत गुमाएको छ । यो मुुद्धामा राजश्व अपचलन गरेको अभियोगमा नेप्सेका प्रमुख साउद, सेयर बिक्रीकर्ता र स्टक ब्रोकर्स एसोसिएसनका अध्यक्ष भरत रानाभाटलाई समेत कसुुर लाग्ने देखिन्छ ।

स्मरणीय रहोस्, बैंकलाई ब्रोकर लाइसेन्स रोक्न स्टक ब्रोकर्स एशोसिएसनका अध्यक्ष भरत रानाभाट र नेप्से प्रमुखबीच गोप्य सेटिङ भएको थियो ।

जसअनुुसार ब्रोकर र नेप्से प्रमुुखलाई कामकार्यबाहीमा आवश्यक पर्दा सहकार्य गर्ने र बैंकलाई ब्रोकर लाइसेन्स रोक्न मद्धत गर्ने सेटिङबमोजिम नै यो घटना समेत दबाइएको स्रोतको दाबी छ ।

नेप्सेका प्रवक्ता मुराहरि पराजुुलीका अनुुसार क्रेता र बिक्रेताकै अनुरोधमा कारोबार रद्द भएको हो । पराजुली भन्छन्–‘सो कारोबार रद्द नेप्सेको व्यवस्थापकीय निर्णयबाट सीइओ सरबाटै भयो ।’

यो मुुद्धाको विषयमा हामीले नेप्सेकी सुुपरीवेक्षण तथा अनुुगमन शाखाकी उपप्रबन्धक प्रवीण पन्धाकलाई सोधेका थियौं । उनले सीइओ साउदले बिजशालासँग नबोल्न भन्दै विगत केही समयअघिदेखि डरधम्की र त्रास दिइरहेको बताइन् । यसपछि हामी सीइओ साउदको कार्यकक्षमा जाँदा समेत उनले भेट्न चाहेनन् । साउदलाई फोनबाट समेत सम्पर्कको प्रयास गरियो, तर उनले फोन उठाएनन् ।

पूूँजी बजारलाई स्वच्छ, पारदर्शी, जवाफदेही, विश्वसनीय, गतिशील बनाउने मुुख्य नेतृत्व सम्हालेका नेप्सेका सीइओ साउद स्टक एक्सचेञ्जको सामान्य सिद्धान्तलाई समेत अटेर गर्दै दोस्रो बजारलाई धमिलो बनाउने गिरोहहरुसँग कुन हदसम्म साँठगाँठ गर्दा रहेछन् भन्ने कुरा समेत यो घटनाले देखाएको छ ।

धितोपत्र विनिमयलाई व्यवस्थित बनाई धितोपत्र बजार र धितोपत्र व्यवसायमा संलग्न व्यक्तिहरुको काम कारबाहीलाई नियमित तथा व्यवस्थित गर्नका लागि स्थापना भएको नियामक नेपाल धितोपत्र बोर्डसमेत मौन रहँदै आएको छ ।

धितोपत्र सम्बन्धी ऐन बमोजिम ऐनकै बर्खिलाप हुुने गरी गरेको यस्ता कार्यहरुमा संलग्न व्यक्ति, धितोपत्र व्यवसायीलाई कसूर अनुसार जरिवाना तथा कैद वा कारोबार, पेशा वा व्यवसाय गर्न आंशिक वा पूूर्ण रुपमा रोक लगाउने र अनुुमतिपत्र, इजाजतपत्र वा दर्ता निलम्बन गर्ने वा खारेज गर्ने व्यवस्था भएपनि सीइओ साउदले विगत लामो समयदेखि शंकास्पद गतिविधि गर्दै आएका छन् ।