काठमाण्डौ । एभरेष्ट बैंकले रु. १ अर्ब बराबरको ऋणपत्र जारी गर्ने भएको छ । 

बैंकले १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निश्कासनका लागि स्वीकृतिको माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएको हो । 

बैंकले ७ वर्षे अवधिको ऋणपत्र निश्कासनका लागि आवेदन दिएको हो । 

ऋणपत्रमा वार्षिक १०.२५ प्रतिशतको दरले ब्याज पाइनेछ । ब्याजको भुक्तानी अर्धवार्षिक रुपमा हुनेछ । 

बैंकले जारी गर्न खोजेको १००० रुपैयाँ दरका कुल १० लाख युनिट ऋणपत्रमध्ये ४ लाख पब्लिक इस्यू तथा बाँकी ६ लाख प्राइभेट प्लेसमेन्टका आधारमा बिक्री हुनेछ । 

ऋणपत्रको निश्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटलले गर्नेछ । 

पछिल्लो समय नेपाल राष्ट्रबैंकले मौद्रिक नीतिमार्फत बैंकहरुलाई कोर क्यापिटलको २५ प्रतिशतको दरले ऋणपत्र निश्कासन गर्नुपर्ने अनिवार्य व्यवस्था गरेको थियो । यो व्यवस्थापछि बैंकहरुले धमाधम ऋणपत्र निश्कासन गरिरहेका छन् । 

लामो अवधिका लागि कर्जा प्रवाह गर्ने बैंकहरुले निक्षेप भने छोटो अवधिका लागि मात्र संकलन गर्दा मिसम्याचको समस्या हुने गरेको र यसले बैंकहरुको तरलतामा समेत प्रभाव पार्ने भन्दै राष्ट्रबैंकले ऋणपत्र निश्कासनको अनिवार्य व्यवस्था गरेको हो ।