काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडले गत वर्षको तुलनामा चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आकर्षक वित्तीय नतिजा ल्याएको छ ।

दोस्रो त्रैमास वित्तीय विवरणअनुसार बैंकले गत वर्षको तुलनामा समीक्षा अवधिसम्म खुद नाफा ३५.०१ प्रतिशतले बढाएको छ । दोस्रो त्रैमाससम्म बैंकले १ अर्ब ५ करोड रुपैयाँ आर्जन गर्न सफल भएको हो । गत वर्ष यही अवधिसम्म खुद नाफा १ अर्ब ४२ करोड रुपैयाँ रहेको थियो ।

बैंकले दोस्रो त्रैमासम्म वितरणयोग्य मुनाफा ८६ करोड ४९ लाख रुपैयाँ आर्जन गरेको छ ।

दोस्रो त्रैमाससम्म बैंकले सञ्चालन मुनाफाबापत २ अर्ब १५ करोड रुपैयाँ आर्जन गरेको छ । गत वर्ष यही अवधिसम्म बैंकले २ अर्ब ४ करोड रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिसम्म बैंकले खुद ब्याज आम्दानीबापत २ अर्ब ९० करोड रुपैयाँ कमाएको छ । जुन गत वर्ष यही अवधिसम्म २ अर्ब ६७ करोड रुपैयाँ रहेको थियो ।

दोस्रो त्रैमासमा बैंकले १ खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत वर्ष यही अवधिमा बैंकले १ खर्ब २९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको थियो।

बैंकले समीक्षा अवधिमा रिजर्भको आकार ७ अर्ब २६ करोड पुर्याएको छ । गत वर्ष यही अवधिमा बैंकको रिजर्भमा ६ अर्ब ९५ करोड रुपैयाँ रहेको थियो ।