काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ का लागि लाभांश प्रस्ताव गरेको छ।

बैंक सञ्चालक समितिको हिजो बुधबार साँझ बसेको बैठकले हाल कायम चुक्तापुँजी ८ अर्ब ४७ करोड २ लाख ६ हजार ८३६ रुपैयाँको ५ प्रतिशतले हुन आउने ४२ करोड ३५ लाख १० हजार ३४१.८ रुपैयाँबराबरको बोनस सेयर जारी गर्ने प्रस्ताव गरेको छ। त्यस्तै बैठकले बोनस सेयरमा लागि करसहित ५.५३ प्रतिशतले हुन आउने ४६ करोड ८४ लाख २ हजार ४३८.०३ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पाति गर्ने बैंकले जनाएको छ।