काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडले शुक्रबार विराटनगरस्थित नागरिक केयर सेन्टरलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ।

कोभिड १९ महामारीको रोकथाम, नियन्त्रण एवं स्वास्थ्योपचारमा सहजीकरण गर्दै आएको नागरिक केयर सेन्टरलाई एभरेष्ट बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअनुरुप उक्त रकम सहयोगस्वरुप उपलब्ध गराएको जानकारी बैंकका क्षेत्रीय प्रबन्धक पूर्णबहादुर श्रेष्ठले दिए। श्रेष्ठले उक्त रकमबराबरको चेक नागरिक केयर सेन्टरका अध्यक्ष पवनकुमार सारडा र वरिष्ठ उपाध्यक्ष महेशकुमार जाजूलाई हस्तान्तरण गरेका छन्। 

चेक हस्तान्तरण कार्यक्रममा नागरिक केयर सेन्टरका सदस्य नविन रिजाल, मोरङ व्यापार संघका कार्यकारी प्रमुख कृष्ण रेग्मी, एभरेष्ट बैंक विराटनगर शाखा प्रबन्धक साजन केसी र क्षेत्रीय कार्यालयका रमेश भण्डारीको उपस्थिति थियो।