काठमाण्डौ । सेयरधनीलाई बम्पर सेयर दिने घोषणा गरेको एभरेष्ट बैंकले आगामी वार्षिक साधारणसभा पुस २३ गतेलाई तोकेको छ । 

लैनचौरस्थित लैनचौर ब्याङ्क्वेटमा एभरेष्टको आगामी साधारणसभा बोलाइएको हो । 

यो साधारणसभामा यसअघि बोर्ड बैठकले प्रस्ताव गरेको ७० प्रतिशत बोनस सेयर, कर प्रयोजनका लागि ३.६८ प्रतिशत नगद लाभांश र बोनसपछि निश्कासन गर्ने भनिएको ३३.३३ प्रतिशत हकप्रदको बिषयलाई टुंगो लगाउनेछ । 

हाल बैंकको चुक्तापूँजी २ अर्ब ६२ करोड रुपैयाँ रहेको छ । ७० प्रतिशत बोनस सेयर वितरणपछि चुक्तापूँजी ४ अर्ब ५२ करोड पुुग्नेछ । त्यसपछि जारी हुने ३३.३३ प्रतिशत हकप्रदपछि चुक्तापूँजी ६ अर्ब ३ करोड रुपैयाँ पुुग्नेछ । केन्द्रीय बैंकले तोके अनुसार ८ अर्ब चुक्तापूँजी पुर्याउन यो बैंकले आर्थिक वर्ष २०७३/७४ को खूद नाफालाई भरपूर प्रयोग गर्ने देखिन्छ । 

बैंकका अनुसार बुुक क्लोजरको मिति भन्दा ठीक अघिल्लो दिन अर्थात पुस ५ गतेसम्म एभरेष्ट बैंकको सेयर आफ्नो नाममा नामसारी गरेका लगानीकर्ताहरुले मात्र घोषित लाभांश पाउनेछन् । सेयरधनीको दर्ता किताब पुस ६ देखि २२ गतेसम्म बन्द हुनेछ । हकप्रदका लागि बुुक क्लोजको मिति भने पछि तय गरिने बताइएको छ ।