काठमाण्डौ । एभरेस्ट बैंकले एकैपटक दुईवटा ऋणपत्र निष्कासनको अनुमति पाएको छ। 

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले एभरेस्ट बैंकलाई एकैपटक दुईवटा ऋणपत्र निष्कासनको अनुमति दिएको छ। सेबोनले साउन २ गते एभरेष्ट बैंकलाई २ अर्ब रुपैयाँको ‘एभरेष्ट बैंक ऋणपत्र–२०८५’ र २ अर्ब रुपैयाँको ‘एभरेष्ट बैंक ऊर्जा ऋणपत्र–२०८९’ निष्कासन गर्न अनुमति दिएको हो।

अब एभरेष्ट बैंकले एभरेष्ट बैंक ऋणपत्रका १ हजार अंकित दरका कुल २० लाख इकाइ ऋणपत्र जारी गर्नेछ। जसमा १२ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्नेछ भने बाँकी ८ लाख इकाइ सार्वसाधारणका लागि जारी गर्नेछ। 

यो ऋणपत्र ६ वर्षे अवधिको हो। यसमा लगानीकर्ताले वार्षिक १०.५ प्रतिशत ब्याज पाउनेछन्। 

यसैगरी एभरेष्ट बैंकले ऊर्जा ऋणपत्रअन्तर्गत १ हजार रुपैयाँ अंकित दरकाकुल २० लाख इकाइ जारी गर्नेछ। जसमा १२ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्नेछ भने बाँकी ८ लाख इकाइ सार्वसाधारणका लागि जारी गर्नेछ। 

यो ऋणपत्र १० वर्षे अवधिको हो। यसमा लगानीकर्ताले वार्षिक ५.५ प्रतिशत ब्याज पाउनेछन्। 

यी दुवै ऋणपत्रको बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल रहेको छ।