काठमाण्डौ । एभरेष्ट बैंकले आज साउन १८ गतेबाट २ अर्ब रुपैयाँबराबरको ऋणपत्र बिक्री खुला गरेको छ। 

बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल २० लाख इकाइ भएको ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र–२०८५’ नामक ऋणपत्र बिक्री खुला गरेको हो। बैंकले कुल इकाइमध्ये १२ लाख इकाइ ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गर्नेछ। बाँकी ८ लाख इकाइ भने सर्वसाधारणका लागि बिक्री खुला गरिनेछ। जसमा ५ प्रतिशतले हुन आउने ४० लाख इकाइ सामूहिक लागानी कोषका लागि छुट्याइएको छ। बाँकी ७ लाख ६० हजार इकाइमा सर्वसाधारणले खरिद आवेदन दिन सक्नेछन्। 

लगानीकर्ताले यो ऋणपत्रमा न्यूनतम २५ इकाइदेखि अधिकतममा १ लाख इकाइसम्म खरिद आवेदन दिन सक्नेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डको इजाजतपत्र प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनको शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। सीडीएससीको मेरो सेयरबाट पनि अनलाइन आवेदन दिन सकिनेछ। 

यो ऋणपत्रमा छिटोमा साउन २२ गते सम्म आवेदन दिन सकिनेछ। यो अवधिमा मागबमोजिम आवेदन नपरेमा  भदौ १ गतेसम्म आवेदन दिन पाइनेछ। 

बैंकको यो ६ वर्षे अवधिको ऋणपत्र हो। यसमा लगानीकर्ताले वार्षिक १०.५० प्रतिशत ब्याज पाउनेछन्।