काठमाण्डौ । एभरेष्ट बैंकको ऋणपत्र आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ। 

नेप्सेमा एभरेष्ट बैंकको ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८५’ नामक ऋणपत्र सूचीकृत भएको हो। यो ऋणपत्रका १ हजार रुपैयाँ अंकित दरका कुल २० लाख इकाइ सूचीकृत भएको छ। 

एभरेष्ट बैंकको यो ऋणपत्र ६ वर्षे अवधिको हो। यसमा लगानीकर्ताहरुले वार्षिक १०.५० प्रतिशत ब्याज पाउनेछन्।