काठमाण्डौ । नेपाली बजारमा बिक्रीको ठूलै हिस्सा ओगटेको बजाज कम्पनीले एभेञ्जर बाइकका तीन नयाँ मोडेलको बिक्रीवितरण सुरु गरेको छ । 

नेपालका लागि बजाजको आधिकारिक बिक्रेता हंशराज एण्ड हुलास चन्द प्रालिले देशभरका आफ्ना सोरुम तथा बिक्रीकेन्द्रबाट नयाँ मोडेल एभेञ्जर–२२० क्रुज, एभेञ्जर २२० स्ट्रीट र एभेञ्जर १५० स्ट्रीट बाइकको बिक्रीवितरण सुरु गरेको हो । 

कम्पनीका अनुसार एभेञ्जर २२० मा क्लासिक क्रुजर कम्फर्ट र लुकलाई यथावत राखिएको छ भने एभेन्जर स्ट्रिटको रेन्ज सजिलो शहरी सवरीको लागि डिजाइन गरिएको छ । एभेन्जर स्ट्रिट १५० सिसि प्रयोगकर्ताको बढ्दो जमातलाई ध्यानमा राखी तयार पारिएको छ ।

एभेन्जर २०० क्रुजमा नयाँ रेडिएटर, रि–डिजाइण्ड साईड ग्याब्र्स, स्टाइलाइज्ड साइलेन्सर र नयाँ ह्याण्डल बारका साथमा क्रोम हाइलाइटको समेत सुविधा छ । हाइवेमा सजिलो सवारीका लागि एभेन्जर २२० क्रुज सुविधाजनक प्याडेड ब्याकरेस्ट र अप्सनल विन्डसिल्डका साथ आएको कम्पनीको भनाई छ । एभेञ्जर क्रुज क्रोम कलरमा छ भने एभेन्जर २२० को बनावट स्टिलको छ । यो म्याट कालो र सिल्भर फिनिस कलरमा उपलब्ध छ ।

१५० स्ट्रिट भने ब्लु कलरमा उपलब्ध छ । मस्कुलर एलोइ ह्विलले यसको बनावटलाई स्पोर्टी र जवान बनाएको बताइएको छ । एभेन्जर स्ट्रिटको नयाँ होचो र समतल ह्याण्डल बारले शहरी क्षेत्रमा बाइक चलाउँदा सहजता महसुस हुने कम्पनीका अधिकारीहरुको दाबी छ । 

एभेन्जर २२०–२२० सिसि डिटिएसआई इञ्जिनका साथ १९ पिएस पावर १७ दशमलब ५ एनएमको टोर्क सुबिधा छ । एभेन्जर १५० स्ट्रिट इन्जिन एक १५० सिसि डिटिएसआई इन्जिन हो । यसको १४ दशमलब ५ पिएस पावर र १२ दशमलब ५ एनएमको टोर्कले बाइकलाई पावरफुल बनाएको छ ।

हंसराज एण्ड हुलासचन्द कम्पनी प्रालिका कार्यकारी निर्देशक शेखर गोल्छाका अनुसार एभेन्जर परिवारमा थपिएका यी एभेन्जर बाईकले यस उद्योगलाई नयाँ दिशातर्फ मोड्नुका साथै अरुले पछ्याउने नयाँ नियम स्थापित गर्ने दाबी गरे ।  

नेपाली बजारमा एभेन्जर २२० क्रुजको मूल्य दुई लाख ९४ हजार ९ सय, एभेन्जर २२० स्ट्रिटको मुल्य दुई लाख ८४ हजार ९ सय र र एभेन्जर १५० स्ट्रिटको मुल्य २ लाख ४९ हजार ९ सय रुपैंयाँ राखिएको छ ।