काठमाण्डौ । एमएडब्लु अर्थमुभर्स प्रालि जेसीबी इण्डिया लिमिटेडको नं १ डिलर बन्न सफल भएको छ । 

सन् २०१७ मा सबैभन्दा बढी जेसीबीका निर्माण उपकहरणहरुको बिक्री गरेर एमएडब्लु अर्थमुभर्स नं १ डिलर बनेको हो । गएको एक वर्षमा एमएडब्लुले दुईहजार एकसय ४० वटा जेसीबी ब्रान्डका निर्माण उपकरणको बिक्री गरेको थियो । 

यो उपलब्धीसँगै एमएडब्लु अर्थमुभर्स दक्षिण एसियामा सर्वोत्कृष्ट र विश्वमा दोस्रो सर्वोत्कृष्ट डिलर बनेको छ । एमएडब्लु जेसीबीको ‘क्लब २०००’ को पहिलो सदस्य समेत बनेको छ । जेसीबी इण्डियाको कुनै पनि डिलरले एक वर्षमा दुईहजार वटा मेसिन बिक्री गरेको यो पहिलो अवसर हो ।

जेसीबी इण्डियाले मंगलबार एक समारोहमा एमएडब्लुलाई यो सफलताका लागि सम्मान गरेको छ । कार्यक्रममा जेसीबी इन्डियाका सीइओ एवं प्रबन्ध निर्देशक विपिन सोन्धीले एमएडब्लु अर्थमुभर्सका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवाललाई २००० क्लबको अवार्ड हस्तान्तरण गरे । 

यसका साथै, एमएडब्लु अर्थमुभर्स दक्षिण एसियामै सबैभन्दा बढी ब्याकहो लोडर, एस्काभेटर र ह्विललोडर विक्री गर्न सफल डिलर समेत बनेको छ । एमएडब्लु अर्थमुभर्सले सन् २००३ मा जेसीबीको डिलरसिप लिएको थियो । 

जेसीबी इन्डिया लिमिटेड बेलायतमा मुख्यालय रहेको बहुराष्ट्रिय कम्पनी हो । सन् १९४५ मा स्थापना भएको जेसीबी लिमिटेडका संस्थापक जोसेफल सिराइल बम्फार्डले सन् १९५३ मा ब्याकहो लोडरको आविष्कार गरेका थिए । उनकै नामबाट कम्पनीको नाम जेसीबी राखिएको हो । 

बेलायत, जर्मनी, अमेरिका, अस्ट्रेलिया र भारत लगायतका देशमा रहेका रहेका २२ वटा प्लान्टबाट जेसीबीले तीनसयभन्दा बढी प्रकारका निर्माण र हेभि उपकरणको उत्पादन गर्दै आएको छ । विश्वको तेस्रो ठूलो निर्माण उपकरण निर्माता जेसीबीका मेसिनहरु संसारको एकसय ५० वटा मुलुकमा प्रयोग गरिन्छन् । 

जेसीबीले आफूलाई चाहिने इन्जिन, एक्सल, च्यासिस, क्याबिन, हाइड्रोलिक र ट्रान्समिसन आफैंले उत्पादन गर्दै आएका छ भने ‘रिसर्च एन्ड डेभलपमेन्ट’को क्षेत्रमा वार्षिक लाखौं डलर खर्च गर्दै आएको छ ।