काठमाण्डौ । ब्रिटिस अटोमोबाइल कम्पनी एमजी मोटरले भारतमा आफ्नो नयाँ मिड साइज प्रिमियम एमजी वानबाट पर्दा उठाएको छ। 

कम्पनीले एमजी वानका केही तस्बिरहरु सार्वजनिक गरेको हो। कम्पनीले भारतमा यो कारको बिक्रीवितरणको प्रक्रिया पनि सुरु गरेको छ।  

यो कारको लुक फेसनेबल र स्पोर्टी रहेको छ। यसले कारको डिजाइन निकै शानदार बनाएको छ। यो एसयूभी ब्रान्डको सिग्मा आर्किटेक्चरमा आधारित छ।

कम्पनीका अनुसार ब्रान्डको नयाँ सिग्मा आर्किटेक्चरमा आधारितका कारण कारभित्र धेरै स्पेस हुनेछ। सिग्मा आर्किटेक्चरले कारको भित्री मेकानिकल स्पेसलाई ७० प्रतिशतसम्म कम गरिदिएको छ।

कम्पनीले सार्वजनिक गरेको तस्बिरअनुसार यो कार आकर्षक कलरमा पेस गरिनेछ। 

कम्पनीका अनुसार यो नयाँ एसयूभीमा टेक्नोलोजीको मामिलामा शानदार अनुभव हासिल गर्न सकिन्छ। यो कार चिप टेक्नोलोजी, डिजिटल इकोसिस्टम, एड्भान्स इलेक्ट्रिक आर्किटेक्चर र हार्ड कोर सफ्टवेयर टेक्नोलोजीले भरिपूर्ण हुनेछ।

यो कारमा नयाँ जेनेरेसको इन्जिन हुनेछ। जसमा धेरै पावर र टार्क देख्न पाइनेछ। यसमा हाइब्रिड ड्राइभिङ मेथडको अनुभव हासिल गर्न सकिन्छ।