काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्सका दुई अभिकर्ता एमडीआरटी एनुअल मिटिङ–२०२२ मा भाग लिन अस्ट्रेलिया प्रस्थान गरेका छन्। 

मिलिनियम डलर राउन्ड टेबल–२०२२ अस्ट्रेलियाको एमडीआरटी एनुअल मिटिङमा सहभागी हुन रिलायन्स लाइफ इन्स्योेरेन्सका अभिकर्ताहरु नमिता न्यौपाने र बिनाकुमारी न्यौपाने अस्ट्रेलियाको सिड्नी प्रस्थान गरेका हुन्। उक्त मिटिङका लागि छनोट भएका दुवैलाई आज एक समारोहबीच कम्पनीको केन्द्रीय कार्यालयमा स्वागत गरी बिदाइ गरिएको थियो।

मिलिनियम डलर राउन्ड टेबलमा छनौट हुनका लागि जीवन बीमा कम्पनीका अभिकर्ताहरुले एक निश्चित स्तरको प्रिमियम, कमिसनको लेभल वा बर्षको आम्दानीको सीमा क्रस गर्नुपर्ने हुन्छ। यतिमात्र हैन यस कार्यक्रमका लागि छनौट हुन विशेष नियमहरु कडाइका साथ पालना गरी व्यावसायिक उत्कृष्टता प्रदान गरेकोसमेत हुनुपर्दछ।