काठमाण्डौ । नेकपा एमालेले आफ्नो पार्टीको तर्फबाट राष्ट्रपतिको उम्मेदवारमा सुवासचन्द्र नेम्वाङलाई उठाउने निर्णय गरेको छ । 

ललितपुरस्थित पार्टी कार्यालयमा जारी सचिवालय बैठकले  राष्ट्रपतिको उम्मेदवारमा पार्टीका नेता तथा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङलाई प्रस्तुत गर्ने निर्णय गरेको नेता योगेश भट्टराईले जानकारी दिए । 

उनले एमालेले उठाएको  राष्ट्रपतिको उम्मेदवारको जित सुनिश्चित रहेको समेत दाबी गरेका छन् । 

प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले कांग्रेसबाट  राष्ट्रपतिको उम्मेदवारलाई समर्थन गर्ने गरी आठ दलीय गठबन्धन बनाएपछि एमालेले समेत आफ्नो तर्फबाट  राष्ट्रपतिको उम्मेदवारको नाम टुंगो लगाएको हो ।