काठमाण्डौ । नेकपा एमालेले एम अधिकारी गभर्नर महाप्रसाद अधिकारी नरहेको स्पष्ट पारेको छ।
एमालेको अर्थ तथा योजना विभागको सदस्य एम अधिकारीको नाम रहेको छ। एम अधिकारी गभर्नर अधिकारी नै भएको चर्चा व्यापक रुपमा चल्न थालेपछि एमालेले आफ्नो धारणा सार्वजनिक गरेको हो।
गभर्नर अधिकारीले आफ्नो नाम जोडर अनर्गल हल्ला फैलाइएको भन्दै एमाले केन्द्रीय कार्यालयलाई पत्र लेखेर पठाएका थिए। पत्रमा आफू कुनै पनि पार्टीको सदस्य रहने कुरा सोच्नसमेत नसकिने अधिकारीले स्पष्ट पारेका छन्।
गभर्नर अधिकारीको पत्रको जबाफ पठाउँदै एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले अर्थ विभागमा रहेका एम अधिकारी गभर्नर अधिकारी नभएको प्रष्टोक्ति दिएका हुन्। ‘सरकारी सेवामा रहेकालाई पार्टीको कुनै विभागमा राख्ने नीति पार्टीको छैन’, भीष्म अधिकारीद्वारा पत्रमा उल्लेख छ।
पत्रमा एम अधिकारी गभर्नर अधिकारी नभएको स्पष्ट पारिए पनि ती व्यक्ति को हुन् भन्नेबारेमा भने खुलाइएको छैन।
उता एम अधिकारी गभर्नर अधिकारी नभए अर्को व्यक्ति को हो त भनेर सदनदेखि सडकबाट समेत आवाज उठिरहेको छ। भर्खर माओवादी केन्द्रको भ्रातृ संगठन वाईसीएलले गभर्नर अधिकारमाथि भ्रष्टाचार कसुरमा कारबाही चलाउन माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धानमा उजुरीसमेत गरेको छ।
8 hours ago
8 hours ago
8 hours ago
13 hours ago
14 hours ago
15 hours ago
15 hours ago
15 hours ago
15 hours ago
15 hours ago