काठमाण्डौ । एमालेले राष्ट्रपति निर्वाचन अगाडि सरकार नछाड्ने निर्णय गरेको छ । 

आज बिहान ललितपुरस्थित पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । 

सो बैठकले राष्ट्रपतिमा सुवास नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । 

सोही बैठकले राष्ट्रपति निर्वाचन अगाडि सरकार नछाड्ने निर्णय गरेको हो । एमालेले राष्ट्रपति निर्वाचनमा आफ्नो दलले उठाएका उम्मेद्वारलाई सहयोग गर्न सबै दलहरुलाई अपील समेत गरेको छ । 

बैठकमा एकथरि नेताहरुले सरकार छाड्नुपर्ने राय दिएका थिए । तर, धेरैले भने पुस १० गतेको सहमतिअनुसार आफू राष्ट्रपति चयनको मितिसम्म पर्खिनुपर्ने बताएका थिए । राष्ट्रपति आगामी फागुन २५ गते चयन गर्ने कार्यक्रम छ । सोबेलासम्म एमाले सरकारमै रहने र त्यसपछि विकसित घटनाक्रमलाई हेरेर आवश्यक थप निर्णय गर्ने नेताहरुले बताएका छन् ।