काठमाण्डौ । एमालेका नेताहरु सवार बुद्ध एयरको जहाज जनकपुर अवतरण हुन नसकेपछि काठमाण्डौ फर्किएको छ।
सिराहा सचिवालय बैठकमा सहभागी हुन काठमाण्डौबाट जाँदै गरेका एमाले नेताहरु सवार बुद्ध एयरको जहाज जनकपुर विमानस्थल नजिक पुगेर काठमाण्डौ फर्काइएको हो।
जहाजमा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुवास नेम्वाङ, विष्णु पौडेल, अष्टलक्ष्मी शाक्य, अमृत बोहोरालगायतका नेता सवार थिए।
जनकपुरमा अवतरण गर्नै लागेको बेला विमानमा प्राविधिक समस्या देखिएपछि काठमाण्डौ फर्काइएको एक एमाले नेताले बताए।
एमाले नेताहरु अर्को जहाजमार्फत जनकपुर जाँदै छन्।
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
11 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
13 hours ago