काठमाण्डौ । एलआइसी नेपालको नयाँ जीवन बिमा पोलिसी धनवृष्टिले नयाँ इतिहास रचेको छ । 

कम्पनीले एक विज्ञप्ति जारी गरी धनवृष्टि स्किमले ऐतिहासिक रेकर्ड बनाएको दाबी गरेको हो । 

धनवृष्टि पोलिसी बिक्रीमा आएको पहिलो दिन नै ५ हजार १२२ पोलिसी बिक्री भएको हो । कम्पनीले यो स्किम अन्तर्गत पहिलो दिन नै ८ करोड ५० लाख प्रिमियम संकलन गरेको छ । 

धनवृष्टि लञ्च गर्नुअघि कम्पनीले ५००० पोलिसी बिक्रीको लक्ष्य निर्धारण गरेको थियो । तर, यो लक्ष्य भन्दा बढी पोलिसी पहिलो दिन नै बिक्री भयो ।

देशभर छरिएर रहेका एलआइसी नेपालका ७४६ एजेन्टले पहिलो दिन नै अपेक्षाभन्दा धेरै पोलिसी बिक्री गरी इतिहास रचेका कम्पनीको दाबी छ । 
एलआइसी नेपालको धनवृष्टि स्किम बिमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईले लञ्च गरेका थिए । 

एलआइसी नेपालका सीइओ लक्ष्मीप्रसाद दासले आफ्ना सबै कर्मचारी, एजेन्ट र सबै पोलिसीहोल्डरलाई ऐतिहासिक सफलताका लागि बधाई दिएका छन् । 

एलआइसी नेपालको काठमाण्डौस्थित कर्पोरेट हाउसमा ऐतिहासिक सफलताको अवसरमा एक उत्सव समेत आयोजना गरियो । सो कार्यक्रममा डेपुटी सीइओ अभिजित घोष दस्तिदारले धनवृष्टि योजना नेपालको बजार सुहाउँदो नवीन प्रडक्ट भएको बताए । आगामी दिनमा समेत अझै बढी रेसपोन्स आउने दाबी गरे ।

के हो धनवृष्टि योजना ?
१३ देखि ६० वर्षसम्म उमेरका व्यक्तिहरुले यो जीवन बीमा योजना लिन सक्नेछन् । 

न्यूनतम बीमाङ्क रकम रु. १ लाख कायम गरिएको छ भने अधिकतम बीमाङ्कको सीमा बीमा अन्डरराइटिङ्ग नियमानुसार जति पनि लिन सकिन्छ।

यस योजनामा बीमा अवधि १० वा १५ वर्षको हुनेछ । १० वर्षे अवधिको बीमा लिंदा हरेक ३ वर्षमा बीमाङ्कको ३३ प्रतिशत रकम फिर्ता हुन्छ भने १५ वर्षे अवधिमा हरेक ३ वर्षमा बीमाङ्कको १५ प्रतिशत रकम फिर्ता हुँदै जान्छ। 

बीमा परिपक्वतामा अन्तिम फिर्ता हुने रकमको साथमा बीमा अवधिमा आर्जित बोनस रकम एकसाथ प्रदान गरिन्छ । यदि बीमा अवधिमा बीमितको निधन भएमा बीचमा धनफिर्ता गरिएको रकम कट्टा नगरी पूरै बीमाङ्क रकमको साथ आर्जित बोनस रकम इच्छाइएको व्यक्तिलाई प्रदान गरिन्छ ।

न्यून बीमाशुल्क कायम गरिएको यो ‘धनवृष्टि’ योजनामा अधिकतम् रु। ७५ लाखसम्मको दुर्घटना लाभ र स्थायी अशक्तता लाभ समेत उपलब्ध छन् । २ वर्षको बीमाशुल्क भुक्तानीपश्चात् बीमितले कम्पनीबाट कर्जा तथा बीमा समर्पण सुविधा समेत लिन सक्नेछन् ।