काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल) लिमिटेडको सीइओमा लक्ष्मीप्रसाद दास नियुक्त भएका छन् । 

कम्पनीको ९७औं संचालक समिति बैठकले माघ १५ गतेदेखि लागू हुने गरी प्रमुख कार्यकारी अधिकृत तथा संचालकको रुपमा लक्ष्मीप्रसाद दासलाई नियुक्त गरेको हो । 

उनको कार्यकाल ३ वर्षको हुनेछ । यो नियुक्तिअघि बीमकका नायब महाप्रबन्धक अभिजित घोष दस्तिदारले का.मु. प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पनि सम्हालिरहेका थिए ।

नवनियुक्त सीइओ दासले एमबिएसम्मको अध्ययन पूरा गरेका छन् । उनीसँग २६ बर्षभन्दा बढी लामो जीवन बीमा क्षेत्रको अनुभव रहेको कम्पनीले जनाएको छ ।

उनले एलआइसी अफ इण्डियामा सन् १९९२ मा अधिकृत स्तरबाट सेवा शुरु गरेका थिए । एल.आई.सी. नेपालमा प्रमुख कार्यकारी अधिकृतको नियुक्ति पाउनुअघि उनी भारतको उडिसा राज्यको भुवनेश्वरस्थित एल.आई.सी. अफ इण्डियाको डिभिजन कार्यालयमा सिनियर डिभिजनल म्यानेजरको रुपमा कार्यारत थिए ।

दासले एल.आई.सी. अफ इण्डियाको सूचना प्रविधि, मानव संसाधन, प्रशासन, मार्केटिङ लगायत प्रायः सबै विभागमा कार्य गरी अनुभव सँगालिसकेका कम्पनी सचिव विनोदकुमार भूजेलले जानकारी दिए ।