काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको संचालक समिति बैठकले जेठ २ गतेदेखि लागू हुने गरी एमआर कुमारलाई अध्यक्षमाा नियुक्त गरेको छ । 

यो नियुक्तिअघि हेमन्त भार्गवले यस बीमकको संचालक समितिको अध्यक्षको जिम्मेवारी सम्हालिरहेका थिए । 

नवनियुक्त अध्यक्ष एम.आर. कुमार एलआईसी अफ इण्डियाको बर्तमान अध्यक्ष समेत हुन् । एलआईसी अफ इण्डियाको अध्यक्ष नै एलआईसी नेपालमा पनि संचालक समितिको अध्यक्ष रहने परिपाटी रहेको छ ।

एम.आर. कुमारसँग ३६ बर्षभन्दा बढी लामो जीवन बीमा क्षेत्रको अनुभव रहेको छ । उनले एल.आई.सी. अफ इण्डियामा सन् १९८३ मा अधिकृतस्तरबाट सेवा शुरु गरेका थिए ।