काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडले लिलामीमा राखेको आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोष (सीआईटी) को संस्थापक समूहको सेयरमा खरिद आवेदन दिने आज सोमबार अन्तिम मौका रहेको छ।

गत साउन १२ गतेदेखि कम्पनीले कोषमा रहेको संस्थापक समूहको ५० हजार कित्ता सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखेको हो। यो लिलामी प्रक्रियामा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीबाहेकका अन्य कम्पनी तथा व्यक्तिहरुले गोप्य शिलबन्दी बोलपत्र पेस गर्न पाउने छैनन्। 

लिलामीमा राखिएको सेयरको प्रतिकित्ता १ हजार ८०० तोकिएको छ। आवेदकले तोकिएको मूल्य वा सोभन्दा माथि बोलकबोल गरी बोलपत्र पेस गर्नुपर्नेछ। 

सेयर बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ। बोलपत्र आवेदन काठमाण्डौको हात्तसिारस्थित नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड, काठमाण्डौ पुतलीसडकस्थित लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडको केन्द्रीय कार्यालय तथा नेपाल एसबीआई बैंकका शाखा कार्याल्यहरु विराटनगर, बिर्तामोड, वीरगन्ज, जनकपुर, हेटौँडा, नारायणगढ, पोखरा, बागलुङ, बुटवल, दाङ, नेपालगन्ज, सुर्खेत, धनगढी र महेन्द्रनगरमा पेस गर्न सक्नेछन्। 

शिलबन्दी बोलपत्र आज बैंकिङ समयसम्म पेस गर्न सकिनेछ।