काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपालले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। 

आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन १८ अर्ब १३ करोड रुपैयाँ रहेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ४.४० प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा कम्पनीको बीमा शुल्क आर्जन १७  अर्ब ४ करोड रुपैयाँ रहेको थियो। 

समीक्षा अवधिमा कम्पनीको लगानी, कर्जा तथा अन्यबाट हुने आय बढेर ६ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो आय ६ अर्ब २० करोड रुपैयाँ रहेको थियो। 

यो अवधिमा कम्पनीले ९ अर्ब ६ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा २३.२० प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ७ अर्ब ३५ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो। 

समीक्षा अवधिमा कम्पनीको व्यवस्थापन खर्च बढेर ८७ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीको व्यवस्थापन खर्च ८१ करोड १५ लाख रुपैयाँ रहेको थियो। 

समीक्षा अवधिमा कम्पनीले जीवन बीमा कोषको आकार बढाएर ९३ अर्ब ६३ करोड रुपैयाँको उचाइमा पुर्याएको छ। अघिल्लो वर्ष यस्तो कोषमा ८१ अर्ब ६ करोड रुपैयाँमा सीमित थियो। अघिल्लो वर्षको यही अवधिसम्म ६४ करोड ८७ लाख रुपैयाँ रहेको रिजर्भ घटेर ६१ करोड ५५ लाख रुपैयाँमा झरेको छ।

चौथो त्रैमासमा कम्पनीले ८ करोड ७४ लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो वर्ष कम्पनीले १९ करोड ९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। 

समीक्षा अवधिसम्म कुल कायम रहेको बीमालेखको संख्या ७ लाख ९ हजार ७८० पुगेको छ। अघिल्लो वर्ष यो संख्या ७ लाख ४१ हजार २३९ रहेको थियो।

चुक्तापुँजी २ अर्ब ६५ करोड रुपैयाँ रहेको कम्पनीको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) ३.३० रुपैयाँले ऋणात्मक रहेको छ। पीई रेसियो ४२९.१६ गुणाले ऋणात्मक रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १३६.७९ रुपैयाँ रहेको छ।