काठमाण्डौ । इलेक्ट्रिक कार निर्माता कम्पनी टेस्लाका सीईओ एलन मस्क फेरि विश्वकै धनव्यक्ति बन्न सफल भएका छन्। मस्कले दोस्रोपटक विश्वकै धनव्यक्तिको शीर्षस्थानमा पुग्न सफल भएका हुन्।

ब्लुमबर्ग इन्डेक्सका अनुसार मस्कको कुल नेटवर्थ २०० अर्ब डलर नाघेको छ। जब कि ई–कमर्स कम्पनी अमेजनका सीईओ जेफ बेजोसको कुल नेटवर्थ १९४ अर्ब डलरका साथ दोस्रो स्थानमा छन्।

केही दिनअघि मात्रै जेफ बेजोसले एलन मस्कलाई पछि पार्दै विश्वकै धनीव्यक्ति बन्न सफल भएका थिए। तर, एक हप्ता नपुग्दै जेफ बेजोसलाई पुनः मस्कले पछि पारेका छन्। 

मस्कका कम्पनी स्पेस एक्स लेटेस्ट फन्डिङ राउन्ड पूरा गरेपछि मस्कको नेटवर्थमा उछाल आएको हो। मस्कको नेटवर्थ एकैदिन ९.२० अर्ब डलरले बढेको छ। उनको यो वर्ष अहिलेसम्ममा नेटवर्थ ३०.२ अर्ब डलरले बढिसकेको छ। 

बेजोसको नेटवर्थ भने यो वर्ष अहिलेसम्म ३.८९ अर्ब डलरमात्रै बढेको छ। – एजेन्सी