काठमाण्डौ । टेस्ला र स्पेस एक्सका प्रमुख ४९ वर्षीय एलन मस्क विश्वकै तेस्रो धनी व्यक्ति बन्न सफल भएका छन्। 

करिब ११० बिलियन डलर सम्पत्तिका साथ मस्क विश्वकै तेस्रो धनी व्यक्ति बन्न सफल भएको हो। यो यात्रा तय गर्न उनले फेसबुकका सीईओ मार्क जुकरबर्गलाई पछि पारेका छन्।

ब्लुमबर्ग बिलिनियर इन्डेक्सका अनुसार तीव्रगतिमा टेस्लाको सेयरमा आएको उछालसँगै मस्कले आफ्नो सम्पत्तिमा गत नोभम्बर १६ र १७ मै ७.६ बिलियन डलर थप्न सफल भएका छन्। टेस्ला एस एन्ड पी ५०० कम्पनीको लिस्टमा समावेश भएको छ। 

मस्कको रकेट कम्पनीले हालै चार एस्ट्रोनोट्सलाई अन्तरिक्षमा पठाएको छ। यही उपलब्धिका कारण मस्कको कम्पनीको सेयरमा आएको उछालले उनको सम्पत्ति बढेको हो।

मस्कको सम्पत्तिमा वार्षिक हिसाबले अहिलेसम्म ८२ बिलियन डलरको बढोत्तरी भइसकेको छ। बर्सेनि सम्पत्ति बढोत्तरीको हिसाबले भने मस्क अन्य धनाढ्यभन्दा अग्र स्थानमा छन्।  

यो वर्ष भने मस्कको सम्पत्तिमा भारी वृद्धि भएको छ। उनको सम्पत्ति यो वर्षमात्रै ७० बिलियन डलर बढिसकेको छ।

ब्लुमबर्ग बिलिनियर इन्डेक्सका अनुसार अहिले अमेजनका फाउन्डर जेफ बेजोस विश्वका धनाढ्यहरुको सूचीमा अग्रस्थानमा छन्। उनको कुल सम्पत्ति १८५ अर्ब डलर छ। 

धनाढ्यहरुको सूचीको दोस्रो स्थानमा माइक्रोसफ्टका बिल गेट्स १२९ अर्ब डलरका तेस्रो स्थानमा छन्।

यसैगरी फेसबुकका मार्क जुकरबर्ग १०४ अबर डलरका साथ चौथो स्थानमा र एलबीएमएका बर्नार्ड अर्नाल्ड १०२ अर्ब डलरका साथ पाँचौँ स्थानमा छन्।  – एजेन्सी