काठमाण्डौ । बिटक्वाइनका माध्यमबाट कार किन्न सकिने घोषणामा अब टेस्ला कम्पनीले युटर्न लिएको छ। 

कम्पनीले जलवायुसँग सम्बन्धित विषयलाई जोड दिँदै बिटक्वाइनका माध्यमबाट अब टेस्लाको कार किन्न हाललाई प्रतिबन्ध लगाइएको जनाएको छ। यो कुरा टेस्लाका सीईओ एलन मस्कले बुधबार ट्विटरमार्फत गरेका हुन्। 

बिटक्वाइन हाल विश्वकै सबैभन्दा ठूलो डिजिटल मुद्रा हो। एलन मस्कको ट्विटपछि बिटक्वाइनको मूल्यमा ७ प्रतिशतसम्म गिरावट आएको छ। अहिले बिटक्याइन ५२ हजार ६६९ डलरमा कारोबार भइरहेको छ। 

मस्कले गत फेब्रअरीमा टेस्ला कम्पनीले १.५ अर्ब डलरबराबरको बिटक्वाइन खरिद गरेको घोषणा गरेका थिए। यसका साथै गत मार्चमा उनले बिटक्वाइनमार्फत टेस्लाको कार किन्न सकिने घोषणा पनि गरेका थिए। यही कारण बिटक्वाइनको मूल्यमा २० प्रतिशतसम्म उछाल आएको थियो। 

मस्कले ट्विटरमा लेखका छन्, ‘बिटक्वाइन माइनिङ तथा ट्रान्जेक्सन्सका लागि फोसिल फ्युल, विशेषगरी कोइलाको बढ्दो प्रयोगलाई लिएर हामी चिन्तित छौँ। जब क्रिप्टोकरेन्सीको माइनिङ अधिक सस्टेनेबल एनर्जीमा बदलिन्छ तब कम्पनीले ट्रान्जेक्सन्सका लागि बिटक्वाइनको प्रयोग फेरि गर्नेछ।’

बिटक्वाइन तब निर्माण हुन्छ जब हाई पावर्ड कम्प्युटर्स, जटिल गणितीय पजल्स हल गर्नका लागि अर्को मेसिनहरुका साथ मुकाबला गरिन्छ । यो एउटा इनर्जी इन्टेन्सिभ प्रोसेस हो, जुन अहिले फोसिल फ्युल, विशेषगरी कोइलाबाट उत्पादन हुने बिजरीमा निर्भर रहन्छ । – एजेन्सी