काठमाण्डौ। टेस्ला कम्पनीका मालिक एलन मस्कको एउटा ट्विटले विश्व बजारमा क्रिप्टोकरेन्सीहरुमा पहिरो खसेको छ। योसँगै टेस्ला कम्पनीको सेयरमूल्यमा पनि गिरावट आएको छ।

क्रिप्टोकरेन्सी र टेस्ला कम्पनीको सेयरमा गिरावट आउनुको मुख्य कारण डिजिटल मुद्राका कारणले वातवरणमा प्रभाव पर्न सक्ने भन्दै टेस्ला कम्पनीका मालिक इलन मस्कले टेस्ला कर खरिदको भुक्तानीमा बिटक्वाइनको प्रयोग नहुने बताएपछि सबै भर्चुअल मुद्रामा गिरावट आएको हो। उनले यो कुरा आफ्नो ट्विट ह्यान्डलबाट बताएका थिए। 

यद्यपि एलन मस्कले अहिले बिट्क्वाइनको प्रयोग नगरे पनि भविष्यमा कम ऊर्जा खपत हुने कुनै पनि क्वाइन प्रयोग हुन सक्ने बताएका छन्। यसले के प्रस्ट हुन्छ भने फेरि कुनै क्रिप्टोकरेन्सी उनको रोजाइमा पर्न सक्नेछ। 

यअसघि ५४ हजार ७०० डलरमा कारोबार भएको बिटक्वाइनको कारोबार भइरहेकोमा एलन मस्कको एउटा ट्विट्ले १५ प्रतिशतभन्दा बढी गिरावट आएर हाल ४९ हजार ५८८ डलरमा कारोबार भइरहेको छ। 

त्यसैगरी पछिल्लो समयमा चर्चामा आएको डोजक्वाइनको मूल्यमा पनि भारी गिरावट आएको छ। 

मस्कले केही समयपहिला १.५ बिलियन क्रिप्टोकरेन्सीमा लगानी गरेका थिए।

त्यसो त लामो समयको वृद्धिसँगै विश्व सेयर बजारमा करेक्सन आउन थालेको छ। 

संसारकै सेयर बजारमा ब्याज दर र स्टक मार्केटको सम्बन्ध उल्टो हुने गर्छ। यदि ब्याज दर घट्छ भने सेयरबजार बढ्ने गर्छ र यदि ब्याज दर बढ्छ भने सेयरबजार घट्ने गर्छ। 

हाल विश्वको व्यापारिक केन्द्र न्युयोर्कमा आधारित वाल स्ट्रिट स्टक मार्केट र डाउ जोनमा केही दिनदेखि भारी गिरावट आइरहेको छ। यसको मुख्य कारण त्यहाँस्थित यूस फेडरल रिजर्भ बैंकले बढाउन लागेको ब्याज दर नै हो।

अहिले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल, सुनलागायत सबैजसो मूल्यमा गिरावट आएको छ। एप्पल कम्पनीको सेयर मूल्य भने उकालो लागेको छ।