काठमाण्डौ । एलन मस्कको इलेक्ट्रिक गाडी निर्माता कम्पनी टेस्लाले एउटा विशेष रेकर्ड आफ्नो नाममा दर्ता गरेको छ।

टेस्लाले पछिल्लो ३ महिनामा अहिलेसम्मकै सबैभन्दा धेरै कार बिक्रीको नयाँ कीर्तिमान कायम गरेको हो। कम्पनीले यो अवधिमा कुल २ लाख ६ हजार ४२१ कार निर्माण गरेको थियो। जसमध्ये कम्पनीले २ लाख १ हजार २५० कार ग्राहकलाई डेलिभर गरेको छ। 

कोरोनाकालमा सर्वाधिक कार बिक्रीको कीर्तिमान कायम गर्न भने कम्पनीले ठूलै चुनौतीको सामना गर्नुपर्यो। यसका लागि उसले थुप्रै समस्याको सामना गर्नुपरेको थियो।

यो विशेष कीर्तिमान कायम गरेकोमा कम्पनीले आफ्ना कर्मचारीहरुलाई कामको निकै प्रशंसा गरेको छ। कम्पनीले ग्लोबल सप्लाई चेन र लोजिस्टिक च्यालेन्जक माध्यमबाट आफ्नो टिमले निकै शानदार काम गरेको भन्दै खुसी व्यक्त गरेको छ। – एजेन्सी