काठमाण्डौ । पछिल्लो केही दिनमै विश्वकै चर्चित क्रिप्टोकरेन्सी बिटक्वाइनले थुप्रै झट्काहरुको सामना गर्नुपर्यो। बिटक्वाइनको मूल्यमा जारी उतारचढावका कारण लगानीकर्ताहरुले ठूलो नोक्सानी व्यहार्नुपर्यो। मूल्यमा ५० प्रतिशतसम्म गिरावटपछि अहिले पुनः बिटक्वाइनको मूल्य बढ्न थालेको छ। 

यसबीच टेस्ला इंक कम्पनीका मालिक एलन मस्कले बिटक्वाइनको पक्षमा ठूलो फैसला गरेका छन्। उनले नर्थ अमेरिकामा बिटक्वाइन माइनिङ काउन्सिल (बीएमसी) बनाउने सहमति भएको घोषणा गरेका छन्। यो संगठनले एनर्जी ट्रान्सपरेन्सी र सस्टेनेबल माइनिङ प्रोजेक्टहरुलाई बढावा दिन मद्दत गर्ने बताइएको छ।

बिटक्वाइन पक्षमा यो एउटा राम्रो कदम चालिएको हो। तर यसको आलोचना पनि भइरहेको छ। 

विकेन्द्रीकृत करेन्सीमा लगानी गर्नेहरुले बिटक्वाइनको समर्थनमा गरिएको यस किसिमको पहलमा आशंका गरेका छन्। उनीहरुले यो पहल केवल राजनीतिक उद्देश्यले अगाडि ल्याइएको भन्दै आलोचन गरिएको छ। 

बिटक्वाइन मानिङ काउन्सिल कन्सेप्ट वास्तवमा एउटा सीपीयू–१ भोटमा आधारित छ। यो सिस्टमबाट जहाँ विश्वभरका लगानीकर्ता बिटक्वाइन सफ्टवेयर चलाउन सक्ने त भने त्यहीँ कारोबारसँग सम्बन्धित रेकर्डहरुमा भाग लिन सक्नेछन्। 

बिटक्वाइन माइनिङ काउन्सिल वास्तवमै एउटा लट्रीजस्तै छ। जहाँ कम्प्युटरको कम्प्युटेसनल पावरको मुद्दतबाट एउटा नयाँ ब्लक रेकर्ड गर्न मद्दत मिल्छ। बिटक्वाइनको माइनिङमा यसको मागको हिसाबले फाइदा नै हुन्छ। ठूला कम्पनीहरु कस्टम सिलिकन चिप्समो लगानी गर्न सक्छन् वा आफ्नो कम्प्युटेसनल रिसोर्सेजको प्रयोग गरेर आम्दानी गर्न सक्छन्। – एजेन्सी