काठमाण्डौ । ई–कमर्स कम्पनी अमेजनका सीईओ जेफ बेजोस फेरि विश्वकै धनव्यक्ति बन्न सफल भएका छन्। 

इलेक्ट्रिक गाडी निर्माता कम्पनी टेस्लाका सीआईओ एलन मस्कलाई पछि पार्दै बेजोस पुनः विश्वकै धनव्यक्ति बन्न सफल भएका हुन्। यसअघि मस्क भने बेजोसलाई पछि पार्दै करिब ६ महिना विश्वकै धनीव्यक्तिको सूचीमा अग्रस्थानमा थिए। 

बेजोु पछिल्लो ३ वर्षदेखि लगातार विश्वकै धनीव्यक्तिको सूचीमा अग्रस्थानमा थिए। 

ब्लुमबर्ग बिलिनेयर इन्डेक्सको प्रतिवेदनअनुसार मंगलबार टेस्लाको सेयरमा २.४ प्रतिशतको गिरावटका साथ ७९६.२२ डलरमा बन्द भएको थियो। यसले गर्दा मस्कको सम्पत्ति ४.६ अर्ब डलरले घटेको छ। उनको कुल सम्पत्ति १९० अर्ब डलरमा खुम्चिएको छ। 

बेजोसको सम्पत्ति अमेजनको सेयरमा आएको उछालका कारण बढेको हो। अहिले बेजोसको कुल सम्पत्ति १९१ अर्ब डलर रहेको छ। 

यसअघि सन् २०१८ मा बेजोसको सम्पत्ति पहिलोपटक २०० अर्ब डलर माथि पुगेको थियो। – एजेन्सी