काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्सले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड ५८ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा यो कम्पनीको नाफा १ करोड ४५ लाख थियो । 

नाफामा झिनो मात्र प्रगति गरे पनि कम्पनीको खूद बिमा शुल्कबाट हुने आम्दानी भने बढेको छ । अघिल्लो वर्ष ४५ करोड ८४ लाख रहेको यस्तो आम्दानी बढेर समीक्षा अवधिमा ५४ करोड ८६ लाखको उचाईमा पुुगेको छ । 

लगानी, कर्जा तथा अन्यबाट हुने आय खासै बढ्न सकेन । अघिल्लो वर्ष २३ करोड १ लाख रहेको यस्तो आय यो वर्ष २३ करोड ६४ लाखको उचाईमा मात्र पुुग्यो । बिमालेखको धितोमा कर्जाबाट हुने आय भने केही बढेको छ । अघिल्लो वर्ष यस्तो आय ३२ लाख ५४ हजार रहेकोमा यो वर्ष बढेर ४९ लाख ९ हजार पुुगेको छ । 

कम्पनीले समीक्षा अवधिमा ३ करोड २७ लाख बढीको दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्षको यही अवधिमा यस्तो भुक्तानी ३ करोड ६ लाख थियो । यो कम्पनीको पनि व्यवस्थापन खर्च बढेको छ । अघिल्लो वर्षको पहिलो त्रैमासमा ४ करोड ८४ लाख रहेको यस्तो खर्च बढेर यो वर्ष ५ करोड ४१ लख पुुगेको छ । 

यो कम्पनीले बिमालेखको संख्या बढाउन सकेन, बरु उल्टै घटेको देखिन्छ । अघिल्लो वर्षको पहिलो त्रैमाससम्म २ लाख १० हजार रहेको बिमालेखको संख्या समीक्षा अवधिमा २ लाख ६ हजारमा सीमित बन्न पुुगेको छ । 

एशियन लाइफले जीवन बिमा कोषलाई भने मजबुत बनाएको छ । अघिल्लो वर्षको पहिलो त्रैमाससम्म ८ अर्ब ३७ करोड रुपैयाँ रहेको कोषमा समीक्षा अवधिसम्म १० अर्ब ७३ करोड जम्मा भएको छ । 

तर, जगेडाकोषलाई भने मजबुत बनाउन सकेन । अघिल्लो वर्षसम्म २३ करोड १० लाख रहेको जगेडाकोषको आकार खुम्चिएर समीक्षा अवधिसम्म २० करोड ५७ लाखमा सीमित बन्न पुुगेको छ।

समीक्षा अवधिमा यो कम्पनीको प्रतिसेयर आम्दानी ७.८६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १२५.५४ रुपैयाँ र मूल्य आम्दानी अनुपात १९३.२७ गुुणा कायम भएको छ ।