काठमाण्डौ । विश्व बजारकै अग्रणी प्राविधिक ब्राण्ड ओपोले एसियाली बजारमा १५ प्रतिशत बजार हिस्सा ओगट्न सफल भएको छ ।

ओपोले भिभो, सियाओमी, सामसुङ र हुआवे लगायत स्मार्टफोन निर्मातालाई पछि पार्दै अग्रणी स्थान हात पार्न सफल भएको हो । 

ओपोलाई पछ्याउँदै १३ प्रतिशत बजार हिस्सा सहित भिभो दोस्रो स्थानमा छ भने, १२ प्रतिशत बजार हिस्सा सहित सियाओमी र सामसुङ तेस्रो स्थानमा छन् । त्यसैगरी, ११ प्रतिशत बजार हिस्सासहित हुआवे भने चौथौ स्थानमा रहेको छ । 

प्राविधिक मार्केट रिचर्स फर्म काउण्टरपोइन्टले आफ्नो नयाँ प्रतिवेदनमा यो विषय उल्लेख गरेको छ । 

‘एसिया हाम्रो लागि एक प्रमुख बजारका रुपमा रहँदै आएको छ । हामीले यहाँका उपभोक्ताको माग तथा आवश्यकताको आफ्ना उत्पादनका माध्यमबाट सम्बोधन गर्न सफल भएको हाम्रो विश्वास छ । ’, एक विज्ञप्ति जारी गर्दै ओपोले भनेकाछ, ‘ढुवानीका आधारमा उत्कृष्ट ३ ब्राण्ड भित्र पर्न सफल हुनु हाम्रा लागि वास्तवमै गौरवको विषय हो । समयसापेक्ष रुपमा उपभोक्ताको माग र आवश्यकतालाई दृष्टिगत गर्दै बहुउपयोगी उत्पादनहरु उपलब्ध गराउदै लैजानु हाम्रो प्रमुख प्राथमिकता हुनेछ ।’

उपभोक्तालाई अझ सुदृढ तथा विशेष अनुभव प्रदान गर्ने सोचका साथ ओपोले एसियाका अधिकांश भागमा आफ्नो बिक्री तथा सेवा केन्द्रको सञ्जाल विस्तार गरिरहेको छ ।  मनोरञ्जन, खेल, सामाजिक सञ्जाल लगायत माध्यमबाट यूवा वर्ग लक्षित सफल मार्केटिङ क्याम्पेन सञ्चालनले पनि यसमा उल्लेख्य भूमिका निर्वाह गरेको ओपोको भनाई छ ।