काठमाण्डौ । मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले २०७३ सालको माध्यमिक शिक्षा परीक्षा(एसईई)मा सहभागी परीक्षार्थीहरुका लागि ‘पहिलो सिम’ नामक विशेष अफर ल्याएको छ ।

यस योजनाअन्तर्गत परीक्षार्थीले मात्र रु १ मा एनसेलको प्रिपेड सिम खरिद गर्न सक्नेछन् र ३० दिन सम्म ५ वटा आफ्नो माइफाइभ नम्बरमा अनलिमिटेड कल सेवाको फाइदा लिन सक्नेछन् ।

यो योजना आइतबार (चैत्र २०)देखि लागूू हुनेछ । एसईईका परीक्षार्थीले आफ्नो परीक्षा प्रवेशपत्र र आफ्नो आमा वा बाबुको नागरिकताको फोटोकपी बुझाई नजिकैको एनसेल सेन्टरबाट सीम लिनसक्ने बताइएको छ ।

यो योजनाअन्तर्गत परीक्षार्थीले सिम खरीद गरी रु ५० वा सोभन्दा बढीको रिचार्ज गरेपछि बिना कुनै अतिरिक्त शुल्क माइफाइभ समूूहको ५ वटा नम्बरमा ३० दिनसम्म अनलिमिटेड कल सेवाको लाभ लिन सक्नेछन् । माइफाइभ समूूहमा ग्राहकले अधिकतम ५ वटा एनसेल नम्बर समाबेश गर्न सक्छन् ।

ग्राहकले एस्ट्रिक्स५५४४ह्यास  डायल गरी प्राप्त निर्देशनअनुसार आफूूले कुरा गर्न चाहेको एनसेल नम्बरलाई माइफाइभमा समूूहमा राख्न सक्नेछन् । माइफाइभ सेवाको समूूहमा ५ वटा नम्बर राखिसकेपछि त्यसमा रहेका कुनै नम्बर हटाई अर्को नम्बर समावेश गर्नुपर्ने भएमा प्रत्येक परिवर्तनको कर बाहेक रु ५ शुल्क लाग्नेछ ।

‘‘एसईई २०७३ को परीक्षार्थीहरुका लागि यो विषेश अफर ल्याउन पाउँदा हामी निकै हर्षित छौ । हामीलाई आशा छ यो अफरले परीक्षार्थीहरुको सञ्चार सेवाको आवश्यकतालाई  संवोधन गर्ने छ,” एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने ।

यो योजना सुरु भएको दिन देखि ९० दिन सम्मको लागि मान्य रहनेछ ।