काठमाण्डौ। साना तथा मझौला (एसएमई) प्लेटफर्म कारोबार गर्न धितोपत्र दर्ता गराउने संगठित संस्थाको चुक्तापुँजी बढीमा २५ करोड रुपैयाँको हुनुपर्ने तोकिएको छ।
नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आज जारी गरेको साना तथा मझौता संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबारसम्बन्धी नियमावली, २०७९ को मस्यौदामा साना तथा मझौता संगठित संस्थाको चुक्तापुँजी बढीमा २५ करोड रुपैयाँ हुनुपर्ने सीमा तोकिएको हो। तर, साना तथा मझौला संगठित संस्थाको उपस्थिति र बजारको अवस्था हेरी बोर्डले चुक्तापुँजीको सीमा हेरफेर गर्न सक्ने व्यवस्था पनि गरिएको छ।
त्यस्ता साना तथा मझौता धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा २७ बमोजिम धितोपत्र दर्ता गराउने साना तथा मझौला स्तरका व्यावसायिक संगठित संस्थाले अनुसूची–१ बमोजिमको ढाँचामा बोर्ड समक्ष निवेदन दिनुपर्नेछ।
यसैगरी उपनियम (१) बमोजिमको निवेदनसाथ नियम ५० बमोजिमको निवेदन दस्तुरबापतको रकम बोर्डको खातामा जम्मा गरेको निस्सा तथा त्यस्तो संगठित संस्थाको अख्तियार प्राप्त अधिकारीले प्रमाणित गरेको विवरण तथा कागजातसमेत संलग्न गर्नुपर्नेछ। जसमा संगठित संस्थाको अद्यावधिक प्रबन्धपत्र र नियमावली,संगठित संस्थाको सञ्चालक समितिबाट धितोपत्र दर्ता गराउने सम्बन्धमा भएको निर्णय र अख्तियारीको प्रतिलिपि, संगठित संस्थाको पछिल्लो आर्थिक वर्षको लेखापरीक्षण भएको वित्तीय विवरण र संगठित संस्थाकोसञ्चालक समितिसम्बन्धी विवरण पेस गर्नुपर्नेछ।
यसैगरी नियम ४ बमोजिम प्राप्त निवेदन र सो साथ संलग्न विवरण तथा कागजातका सम्बन्धमा बोर्डले आवश्यक जाँचबुझ गर्नेछ। यसरी जाँचबुझ गर्दा थप विवरण माग गर्नुपर्ने वा स्पष्ट हुनुपर्ने देखिएमा सो माग गर्न वा स्पष्ट गराउन बोर्डले निर्देशन दिन सक्नेछ।
उपनियम (१) बमोजिम प्राप्त विवरण वा कागजातको जाँचबुझ गर्दा त्यस्तो संगठित संस्थाको धितोपत्र दर्ता गर्न उपयुक्त हुने देखिएमा बोर्डले नियम ५० बमोजिमको धितोपत्र दर्ता दस्तुर लिई अनुसूची–२ बमोजिमको दर्ता किताबमा त्यस्तो संगठित संस्थाको धितोपत्र दर्ता गरी अनुसूची–३ बमोजिमको ढाँचामा धितोपत्र दर्ता प्रमाणपत्र दिनेछ।
यस्तै उपनियम (१) बमोजिम निवेदन पेश गर्ने साना तथा मझौला व्यवसाय गर्ने संगठित संस्थाको धितोपत्र दर्ता गर्न मनासिब नदेखिएमा बोर्डले सोको कारण सहितको जानकारी सम्बन्धित संगठित संस्थालाई सात कार्य दिनभित्र दिनुपर्नेछ।
16 hours ago
17 hours ago
17 hours ago
17 hours ago
18 hours ago
18 hours ago
19 hours ago
19 hours ago
19 hours ago
20 hours ago