काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले साझा तथा मझौला (एसएमई) संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबारसम्बन्धी नियमावली, २०७९ को मस्यौदा तयार गरी सार्वजनिक गरेको छ।
सेबोनले उक्त मस्यौदामा सारोकारवाला निकायसँग राय–सुझाव माग गरेको छ। यो मस्यौदा सार्वजनिक भएको १५ दिनभित्र राय–सुझाव उपलब्ध गराउन सेबोनले आग्रह गरेको छ।
साना तथा मझौला उद्योगहरुलाई प्रोत्साहन गर्न र त्यस्ता उद्योगहरुलाई धितोपत्र कारोबारमार्फत पुँजी निर्माण र परिचालन गर्न सहजीकरणका लागि आवश्यक नियमावलीको मस्यौदा तर्जुमा गर्न गठित समितिले तयार पारेको सेबोनले जनाएको छ।
सेबोनका एक उच्च अधिकारीका अनुसार सरोकारवालाबाट आएका राय–सुझावलाई समेटेर यो मस्यौदालाई अन्तिम रुप दिएर छिट्टै लागू गरिनेछ। ‘अन्तिम मस्यौदा तयार भएपछि स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पेस गरिनेछ, त्यहाँबाट स्वीकृत भएर आएपछि सेबोनको सञ्चालक समितिले पारित गर्दै कार्यान्वयनमा लैजानेछ’, उनले भने।
17 hours ago
17 hours ago
17 hours ago
18 hours ago
18 hours ago
19 hours ago
19 hours ago
20 hours ago
20 hours ago
20 hours ago