काठमाण्डौ । नेपाल राष्ट्र बैंकले स्थायी तरलता सुविधा (एसएलएफ) को भुक्तानी अवधि थप गरेको छ। 

केन्द्रीय बैंकले खुला बजार कारोबारसम्बन्धी कार्यविधि, २०७८ को परिच्छेद–१५ स्थायी तरलता सुविधासम्बन्धी व्यवस्थाको बुँदा नं. ४९ (६) लाई संशोधन गर्दै भुक्तानी अवधि थप गरेको हो। ‘स्थायी तरलता सुविधाको अधिकतम भुक्तानी समयावधि हाल ७ कार्यदिन रहेको छ। तर कथंकदाचित ७ दिन वा सोभन्दा बढी अवधिको सार्वजनिक बिदा परेको अवस्थामा यस्तो अवधि बिदापश्चात कार्यालय खुल्ने दिनसम्मका लागि कायम गर्न बाधा पुगेको मानिने छैन’, राष्ट्र बैंकको सूूचनामा भनिएको छ।

यसअघि बैंक तथ वित्तीय संस्थाहरुले ७ दिनका लागिमात्रै स्थायी तरलता सुविधा प्रयोग गर्दै आएका थिए। राष्ट्र बैंकले बैंकरहरुको मागमा दसैँ बिदामा तरलतामा समस्या हुन नदिन यस्तो व्यवस्था गरेको हो।