काठमाण्डौ । नेपालीको महान चाड दसैँलाई लक्षित गरी स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) ले दमदार दसैँ धमाका थ्रीडी अफर सार्वजनिक गरेको छ।

अफरअन्तर्गत एससीटी–यूपीआई डेबिट कार्ड प्रयोगकर्ताले कुनै पनि खरिदमा पोसमार्फत विद्युतीय कारोबार गर्दा ३३.३३ प्रतिशतसम्म क्यास्ब्याक प्राप्त गर्न सकिनेछ। हालसम्म पनि एससीटी यूपीआई डेबिट कार्ड नलिएका ग्राहकले कार्ड जारी गर्ने कुनै पनि बैंक तथा वित्तीय संस्थामा गई प्राप्त गर्न सक्नेछन्।

यसका साथै एससीटी–यूपीआई डेबिट कार्डमार्फत एटीएममा क्यास कारोबार गर्दै आएका ग्राहकले पनि यो अफरमार्फत रु. १ हजार २०० सम्म क्यास्ब्याक प्राप्त गर्न सक्नेछन्। मात्र रु. १ हजार ५०० बराबर को पोस कारोबारमा रु. ५०० र रु. ३ हजारको कारोबार मा रु. १ हजार क्यास्ब्याक प्राप्त गर्न सकिने यो अफरमार्फत सबै एससीटी–यूपीआई डेबिट कार्ड प्रयोगकर्ताले ३३.३३ प्रतिशतसम्मको क्यास्ब्याक प्राप्त गर्न सक्नेछन्। 

अफरको विस्तृत विवरण एससीटीको आधिकारिक वेबसाइटमा राखिएको छ।

यो अफर असोज महिनाभरि लागू एससीटीले जनाएको छ।