काठमाण्डौ । स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र मुक्तिनाथ विकास बैंक लिमिटेडबीच स्मार्ट क्यूआरमार्फत भुक्तानी सेवा प्रदान गर्नका लागि सम्झौता भएको छ।

एससीटीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजु र मुक्तिनाथ विकास बैंकका तर्फबाट सहायक नायब प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। 

नेपाल राष्ट्र बैंकको नीति र निर्देशनअनुरुप समग्र भुक्तानी प्रणालीमा नगदको भौतिक प्रयोगलाई कम गर्दै विद्युतीय कारोबारलाई बढवा दिने प्रमुख उद्देश्यका साथ क्रियाशील एससीटी र विगत लामो समयदेखि सर्वसाधारणलाई सबै प्रकारका बैंकिङ सेवा सुबिधा पुर्याउँदै आएको मुलुकको बैकिङ क्षेत्रको अग्रणी मुक्तिनाथ विकास बैंकको यस सहकार्यबाट मुलुकको समग्र डिजिटल इकोसिस्टमको विकासमा थप योगदान पुग्न जाने आशा लिइएको छ। 

यस सम्झौतापश्चात एससीटी र मुक्तिनाथ विकास बैंकबीच स्मार्ट क्यूआर प्रयोगको क्षेत्रमा सहकार्य हुनेछ।