काठमाण्डौ । एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो १३ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।
कम्पनी सञ्चालक समितिको बुधबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो माघ २१ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा वीरगन्जको आदर्शनगरस्थित होटेल दियाली लर्डस प्लाजामा बिहान ११ः३० बजेदेखि हुनेछ।
सभाले आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्तावित कुल २७ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ २ प्रतिशत नगद लाभांश छन्।
सभाले बोनस सेयर जारीपश्चातको हदसम्म जारी तथा चुक्ता पुँजी वृद्धि गर्न स्वीकृति गर्ने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ।
सभाले एसियन लाइफको ५१ प्रतिशत स्वामित्व रहेको एसियन क्यापिटल लिमिटेडमा सामूहिक लगानी कोष सञ्चालन गर्न सम्बन्धित नियामक निकायबाट स्वीकृति लिने तथा सोको कार्यान्वयन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ।
सभामा आर्थिक वर्ष आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका महत्वपूर्ण दस्तावेजहरु छलफल गरी पारित गरिनेछ।
लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले आउँदो माघ १२ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ माघ ११ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।
18 minutes ago
32 minutes ago
44 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago