काठमाण्डौ । सिभिल बैंकले ओखलढुंगा जिल्लाको सिद्धिचरण नगरपालिका–११ स्थित करदाता सेवा कार्यालयमा नयॉ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ। 

उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन सिद्धिचरण नगरपालिकाका मेयर मोहनकुमार श्रेष्ठले गरे। उद्घाटन समारोहमा ओखलढुंगा जिल्लाका सहायक प्रमुख जिल्ला अधिकृत मनिता कार्की, नेपाली सेनाका अरिदमन् गणका गणपति महासेनानी विशाल सिंह, नेपाल प्रहरीका ओखलढुंगा जिल्लाका प्रमुख गोविन्द पौडेल, कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख युगल किशोर न्यौपान, कर दाता सेवा कार्यालयका प्रमुख कोसालेन्द्र रिजाल, उद्योग वाणिज्य संघ ओखलढुंगाका अध्यक्ष घनेन्द्रकुमार मास्के, ओखलढुंगा पत्रकार महासंघका अध्यक्ष दीपेन्द्र रुम्जाली, सिभिल बैंकका डिपोजिट तथा ट्रान्जेक्सन बैंकिङ विभागका प्रमुख भोलाबहादुर बिष्ट, सिभिल बैंक प्रदेश नं १ का प्रमुख राजेश ढकाललगायत सो क्षेत्रका राजनीतिक व्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य ब्यक्ति, मिडियाकर्मीहरु तथा सर्वसाधरणको उपस्थिति थियो। 

अब त्यस क्षेत्रका सेवाग्राहीले नेपाल सरकार अर्थ मन्त्रालय आन्तरिक राजश्व विभागसँग सम्बन्धित करहरुको भुक्तानी सिभिल बैंकको एक्सटेन्सन काउन्टर मार्पmत सजिलैसँग गर्न सक्नेछन्।

पाँच लाखभन्दा बढी ग्राहकलाई ११४ शाखाहरु मार्पmत सेवा प्रदान गरिरहेको सिभिल बैंकको यस एक्सटेन्सन काउन्टरसहित ८ एक्सटेन्सन काउन्टरहरु स्थापित गरिसकेको छ। जसमध्ये ५ वटा एक्सटेन्सन काउन्टरहरु नेपाल सरकारको कर तथा राजश्व संकलन गर्न स्थापित गरिएको हो। साथै बंैकको हालसम्म ८९ एटीएम रहेका छन्।

बैंकले हालसम्म करिब रु. ८२ अर्बभन्दा बढी निक्षेप परिचालन गरी रु. ७८ अर्बभन्दा बढी कर्जा लगानी गरिसकेकोे छ।