काठमाण्डौ । वैश्विक स्तरमै अग्रणी स्मार्टफोन ब्राण्ड ओपोले समस्त नेपालीहरुको महान चाड बडा दशैँको अवसरमा ‘बडा दशैँ’ एसएमएस क्याम्पेन, विशेष उपहार योजनाको घोषणा गरेको छ । उपहार योजनाअन्तर्गत उपभोक्ताले क्याम्पेन अवधिभर फोनको आईएमईआई एसएमएस गरी योजनामा सहभागिता जनाई विभिन्न उपहार जित्ने अवसर प्राप्त गर्नेछन् । 
 
‘वैश्विक कम्पनीका रुपमा ओपोले सधैँ नै स्थानियकरणमा विश्वास गर्दै आइरहेको छ । नेपाल हाम्रा लागि विशेष प्राथमिकता बोकेको बजार हो । यहाँको संस्कृति, परम्परा र विविधतामा रहेको सादगी वास्तवमै प्रेरणादायी छ । स्थानिय महान चाड बडा दशैँ, आदर्णिय उपभोक्तासंग खुशी साट्दै 

मनाउने सोचका साथ हामीले ‘बडादशैँ’ एसएमएस क्याम्पेनको घोषणा गरेका छौँ ।’, ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने ।
क्याम्पेन अवधिभर कुनै पनि ओपो फोनको खरिद गरी उपभोक्ताले उपहार योजनामा सहभागिता जनाउन सक्छन् । 

सहभागिताका लागि उपभोक्ताले ओपो स्पेश आईएमईआई उल्लेख गरी ३३००१ नम्बरमा एसएमएस पठाउनुपर्ने हुन्छ । यसरी प्राप्त एसएमएस मार्फत हरेक हप्ता २ जना भाग्यशाली विजेताको छनोट गरिनेछ । 

छनोटमा परेका मध्य एकले, बाली वा बाकु (निर्धारित हप्ता र पुरस्कारका आधारमा) भ्रमण जित्न सक्नेछन् । त्यसैगरी, अर्का विजेताले दशैँमा घर जान र फर्किन लाग्ने सवारी साधनको भाडा खर्च जित्नसक्ने कम्पनीले जानकारी दिएको छ । 

उपहार योजनाअवधिभर, लगातार ५ हप्तासम्म, हरेक हप्ताको अन्त्यमा एउटा लक्कि ड्रको आयोजना गरिनेछ । लक्कि ड्रका विजेताको घोषणा क्रमशः सेप्टेम्बर ७, १४, २१, २८ र अक्टोबर ५ मा गरिनेछ । क्याम्पेन अवधिभर, लक्कि ड्रमा विजेताका रुपमा छनोटमा नपरेका सहभागीलाई स्वतःअर्को लक्कि ड्रका लागि सहभागिताको अवसर प्रदान गरिनेछ । तसर्थ, एकपटक सहभागिता जनाइसकेपछि सहभागीले अन्तिम लक्की ड्रसम्म जित हात पार्ने अवसर प्राप्त गर्नेछन् । सेप्टेम्बर १ देखि सञ्चालनमा ल्याइएको उक्त उपहार योजना अक्टोबर ४, २०१९ सम्म निरन्तर चल्नेछ । 

एफ११ सिरिज र आर१७प्रोमा ‘प्राइस ड्रप’ अफर
दशैँको शु(अवसरमा कम्पनीले ‘बडा दशैँ एसएमएस’क्याम्पेनका साथै आफ्ना बेष्ट सेलिङ मोबाइल फोनहरु एफ११ सिरिज र आर १७ प्रोमा ‘प्राइस ड्रप’ अफर पनि सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत अब एफ११ प्रोको मूल्य रु.४१ हजार ९ सय ९०, एफ११ को रु. ३१ हजार ९ सय ९० र आर१७प्रो रु. ५९ हजार ९ सय ९० निर्धारण गरिएको छ । पहिले यी मोबाइलको मूल्य क्रमशः रु. ४७ हजार ९ सय ९०, ३५ हजार ४ सय ९० र ७५ हजार ९ सय ९० रहेको थियो । नयाँ मूल्य सूचि सेप्टेम्बर २ देखि नेपालभर लागू हुने कम्पनीले जानकारी दिएको छ ।