काठमाण्डौ ।  वैश्विक स्तरमै अग्रणी स्मार्टफोन ब्राण्ड ओपोले एक अनलाइन प्रेस कन्फरेन्स मार्फत नयाँ कलरओएस ११को ग्लोबल लञ्च गरेको छ । यस सँगै ओपोले वैश्विक प्रयोगकर्तालाई नयाँ एन्ड्रोइड ११ अपडेट उपलब्ध गराउने पहिलो मध्यकै एके ओईएमएसका रुपमा ईतिहास समेत रचेको छ ।

‘मेक लाइफ फ्लो’ अवधारणामा आधारित कलरओएस ११ले पछिल्ला संस्करणका उत्कृष्ट एन्ड्रोइड फिचर्सलाई निरन्तरता दिँदै ओपोका प्रयोगकर्ताले चाहेको जस्तै उत्कृष्ट यूआई कस्टमाइजेशनपनि उपलब्ध गराउँछ । गूगलको एन्ड्रोइड ११ घोषणा पछ्याउँदै द्रुत प्रक्षेपनका साथ सार्वजनिक यो सार्वजनिक हुनु दूई कम्पनी विचको नजिकको सहकार्य हो ।

प्रयोगकर्ताको व्यक्तित्व झल्काउने नयाँ श्रेणीको यूआई कस्टमाइजेशन सुविधा
कलरओएस ११ले अदृतिय यूआई कञ्टमाइजेशनको सुविधा उपलब्ध गराउँदै प्रयोगकर्तालाई आफ्नो सिर्जनशिलता झल्काउँदै आफू अनुकुल व्यक्तिगत तथा पृथक अनुभव लिन सघाउँछ । प्रयोगकर्ताले आफ्नो चाहना अनुसार अल्वेज(अन डिस्प्ले, थिम, वालपेपर तथा फोन्ट्स, आइकनस र रिंगटोनको चयन गर्न सक्छन् । यो नयाँ अपडेटले एन्ड्रोइडको पछिल्लो डार्क मोडलाई तीन कलर स्किम तथा कन्ट्रास्ट लेभलका साथ अझ सुदृढ रुपमा प्रस्तुत गरेको छ । साथै, ओपो रिल्याक्स २.०ले प्रयोगकर्तालाई विश्वभरका सहरबाट संकलित आवाज मार्फत आफ्नो चाहना अनुसार ह्वाइट न्वाइज मिक्स बनाउन सघाउँछ ।

‘कलर ओएस ११को यूआई कस्टमाइजेशनको जड तिनको अझ ब्यक्तिगत र पृथक फोन प्रयोग अनुभवको चाहना हो’ ओपो कलरओएस डिजाइन प्रोजेक्टका लिड लिन्न नीले भने, ‘प्रयोगकर्ताहरुका प्रतिक्रियालाई दृष्टिगत गर्दै कलरओएस समुहले विभिन्न फिचर्सहरु समाहित गर्न पर्सनलाइज्ड यूआई उपलब्ध गराएको हो । यसो गरिरहँदा प्रयोगकर्ताले आफ्ना सिर्र्जनशिलता प्रस्फूटन गर्दै फोन माथिको आफ्नो नियन्त्रणको समेत अनुभव गर्न पाउन भन्ने तिर हामीले विशेष ध्यान दिएका छौँ ।’