काठमाण्डौ । ओपोले नेपालमा रेनो १०एक्स जुम ईडिसन सार्वजनिक गरेको छ । 

ओपोको नयाँ फ्ल्यागशिप रेनो सिरिजअन्तर्गतको यो फोन असार १५, आइतबारदेखि नेपाल उपलब्ध गरिएको हो । 

ओपो रेनो १०एक्स जुम ईडिसनको प्रमुख आकर्षण, यसको नामअनुसार स्वभाविक रुपमा १०एक्स लसलेस हाइब्रिड अप्टिकल जुम हो । 

ओपो रेनो १०एक्स जुम ईडिसनमा रहेको साइड–स्विङ सेल्फी क्यामेरा स्मार्टफोनको अर्को प्रमुख आकर्षण हो ।

ओपो रेनो १०एक्स जुम ईडिसनको ८ जीबी ¥याम/२५६ जीबी रोम संस्करणको मूल्य रु. ८९ हजार ९ सय ९० निर्धारण गरिएको छ । यो फोन जेट ब्ल्याक र ओसन ग्रिन गरी दूई आकर्षक रङमा उपलब्ध छन् । ओपो १०एक्स जुम ईडिसन पहिलो पटक चीनमा र  लगतै यूरोपमा ओपो रेनो र ओपो रेनो ५जीका साथमा सार्वजनिक गरिएको थियो ।

ओपो रेनो १०एक्स जुम ईडिसन अलरओएस ६ मा आधारित एण्ड्रोइड पाईमार्फत सञ्चालित हुन्छ । साथै, नयाँ फोनमा मोबाइल गेमिङ अनुभवमा उत्कृष्टता प्रदान गर्ने सोचका साथ फ्रेम बुस्ट र टच बुस्ट एक्सिलिरेसन सहितको गेम बुस्ट २.० एक्सिलिरेसन ईञ्जिन समाहित हाईपर बुस्ट परफरमेन्स ईन्ह्यान्समेन्ट पनि उपलब्ध छ ।

फोनमा क्यामेरा बम्प्स छल्नका लागि थ्रीडी कर्भ्ड ग्लासको सुरक्षा प्रदान गरिएको छ । त्यसैगरी कुनै सतहमा यत्तिकै राख्दा क्यामेरा हल्कामाथि उठाएर जोगाउने सोचका साथ फोनको पछिल्तिर एउटा ओ–डट सेरामिक प्वाइन्ट पनि दिइएको छ । फोनमा अल्ट्रासोनिक ईन–डिस्प्ले फिङगरप्रिन्ट सेन्सर र सार्क फिन साइड स्विङ क्यामेरा डिजाइनको प्रयोग गरिएको छ । ६.६ ईञ्च पानोरामिक एमोलेड डिस्प्ले सहितको ओपो रेनो १०एक्स जुम ईडिसनलाई शक्ति प्रदान गर्न ८ जीबी र्याम अप्सनका साथ ओक्टा–कोर स्न्याप ड्रागन ८५५ एसओसीको प्रयोग गरिएको छ ।

अप्टिक्सको कुरा गर्दा ओपो रेनो १०एक्स जुम ईडिसनमा एफ÷१.७ लेन्स र लेजर अटोफोकस सहितको ४८ एमपी सोनी आइएमएक्स ५८६ (०.५ ईञ्च) सेन्सर ट्रिपल रियर क्यामेरा सेटअप उपलब्ध गरिएको छ । क्यामेरा सेटअपमा पेरिस्कोप टेलिफोटो लेन्ससहितको १३ एमपी सेकेन्डरी सेन्सर र सुपर वाइड एंगल लेन्स सहितको ८ एमपी टर्सिएरी सेन्सर पनि उपलब्ध छ।

एमडब्ल्यूसी २०१९ फेबु्रअरीमा प्रदर्शित गरिए झैं १०एक्स लसलेस अप्टिकल  जुम सुचारुका लागि ओपो रेनो १०एक्स जुम ईडिसनमा १६–१६० एमएम फोकल लेन्थ कभरेज उपलब्ध गरिएको छ । तस्विरमा अझ सटिकता र गुणस्तर प्रदान गर्न यसमा डुअल ओआईएस सपोर्ट पनि दिइएको छ । साथै, यस ह्याण्डसेटले न्वाइज रिडक्सन, एचडीआर सपोर्ट र एआईमा आधारित अल्ट्रा नाइटमोड २.० र पोट्रेट मोड पनि सपोर्ट गर्छ ।

स्टिल शट्सका साथै ओपो रेनो १०एक्स जुम ईडिसनमा भिडियो रेकर्डिङ केन्द्रित विभिन्न फिचर्स पनि दिइएका छन् । यो फोनले ओआईएस सपोर्टका साथ फोरके ६०एफपीएस भिडियो सपोर्ट गर्छ । साथै यसमा रहेको ३ माइक्रोफोन सेटअपका माध्यमबाट यसले अडियो जुम रेकर्डिङ र थ्रीडी सराउण्ड अडियो क्याप्चरिङमा पनि टेवा पुर्याउँछ ।

सेल्फीका लागि यसमा मात्र ०.८ सेकेण्डमा खुल्ने साइड स्विङ सेल्फी क्यामेरा मोड्युलको ब्यवस्था गरिएको छ । कम्पनीकाअनुसार उक्तमोड्यूल २ लाख पटक खोल्न र बन्द हुने कार्यका लागि परीक्षण गरिएको छ । फोनमा पोट्र्रेटका लागि ५ भिन्न मोड्सको ब्यवस्था गरिएको छ ।