काठमाण्डौ । सेल्फी एक्स्पर्ट एण्ड लिडर ओपोले नेपालमा एफसेवेन सार्वजनिक गरेको छ । 

आर्टिफिसियल ईन्टेलिजेन्सी (एआई) सहितको नयाँ सेल्फी एक्स्पर्टले स्मार्टफोन प्रविधिलाई नयाँ उचाई प्रदान गर्ने कम्पनीको दाबी छ । 

सेल्फी फोटोग्राफीका लागि एफसेवेनले परिस्कृत एआई प्रविधि लगायत एआईमा आधारित अन्य वैकल्पिक फिचर्सको उपयोग गर्छ । 

सुपर फुल स्क्रिन र परिस्कृत मल्टिटास्किङ सफ्टवेयर सहितको एफसेवेनले प्रयोगकर्तालाई उत्कृष्ट प्रयोग अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ । 

ओपो एफसेवेन ६४ जीबी, ४ जीबी र्यामका साथमा नेपाली बजारमा सार्वजनिक गरिएको हो । 

अप्रिल २५ देखि सार्वजनिक गरिएका मोबाइल नेपालभर सोलार रेड, मुनलाईट सिल्भर र डायमण्ड ब्ल्याक गरी तीन रंगका विकल्प सहित उपलब्ध हुनेछ । 

मंगलबार होटल हायातमा एक भव्य समारोहका बीच ओपोको एफसेभेन लञ्च गरिएको थियो । कार्यक्रम मार्फत नै ओपोले चाँडै नै नेपाली बजारमा एफसेवन १ सय २८ जीबी, ६ जीबी र्याम सहित सोलार रेड र डायमण्ड ब्ल्याक रंगमा उपलब्ध गराउने समेत घोषणा गरिएको थियो ।

सार्वजनिक हुनु अगावैदेखि हाम्रो नयाँ सेल्फी एक्स्पर्ट तथा लिडर ओपो एफसेवेनका लागि मिडियाका साथी, समर्थक तथा उपभोक्ताबाट प्राप्त मायाका लागि हामी सबै प्रति निकै आभारी छौ । ब्राण्डप्रति तपाइँहरुको निरन्तर सहयोगका लागि हामी हार्दिक कृतज्ञता ब्यक्त गर्छौ । कार्यक्रममा बोल्दै ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने ‘नयाँ उत्पादन ओपो एफसेवेनले पनि हाम्रा पछिल्ला उत्पादनहरुले झैं नेपाली उपभोक्ताको समग्र माग तथा आवश्यकताको सम्बोधन गर्नेछ भन्नेमा हामी आशावादी छौ ।