काठमाण्डौ । वैश्विक रुपमै अग्रणी स्मार्टफोन ब्राण्ड ओपोले आफ्नो एफसिरिज पोर्टफोलियो अन्तर्गत नेपालमा नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । 

कम्पनीले एक बृहत्त समारोहको आयोजनागर्दै आपो एफ११ प्रो सार्वजनिक गरेको हो । 

कम प्रकाश भएका स्थानमा समेत उत्कृष्ट तस्विर खिच्ने क्षमतालगायत अन्य नवप्रबर्तनात्मक प्रविधि फोनमा समाहित गरिएका छन् । 

एफ११ प्रोमा उपभोक्तालाई सहज र उत्कृष्ट प्रयोग अनुभव प्रदान गर्ने सोचका साथ ४८एमपी अल्ट्रा–क्लियर क्यामेरा प्रणाली, राईजिङ क्यामेरा, पानोरामिक स्क्रिन पनि उपलब्ध गरिएका छन् । एफ११ प्रो थण्डर ब्ल्याक र अउरोरा ग्रिन गरी दूई चहकिला रंगमा उपलब्ध गरिएको छ ।

एफ ११ प्रोका लागि आयोजित बृहत्त सार्वजनिक समारोह मार्फत कम्पनीले एफ११ र एफ११ प्रो मार्भेल्स एभेन्जर्स लिमिटेड एडिसन पनि सार्वजनिक गरेको छ । समारोहमा दिइएको जानकारी अनुसार सबै फोनका लागि अप्रिल२३ देखि २८ सम्म प्रि–अर्डर अवधि तोकिएको छ । सार्वजनिक सबै फोनहरु अप्रिल २९ देखि सर्वत्र बजारमा उपलब्ध हुने कार्यक्रममार्फत जानकारी दिइएको छ ।