काठमाण्डौ । स्मार्टफोन ब्राण्ड, ओपोले आजबाट एफ११ लाई तेस्रो रंग “ज्वेलरी ह्वाइट”मा सार्वजनिक गरेको छ । 

पहिले मार्वल ग्रिन र फ्लोराइट पर्पल गरी दूई रंगमा सार्वजनिक गरिएको फोन कम्पनीले तेस्रो रंग ज्वेलरी ह्वाइटमा सार्वजनिक गरेको हो । 

यसको मूल्य कम्पनीले ३५ हजार ४ सय ९० निर्धारण गरेको छ । तेस्रो रंगमा सार्वजनिक नयाँ ओपो एफ११ले पनि पछिल्ला मोडलले झैँ उपभोक्ताको निरन्तर माया पाउनेमा आफूहरु विश्वस्त रहेको कम्पनीको भनाई छ ।

“हामी वैश्विक ब्राण्ड हाँै, त्यसैले ओपोमाउपभोक्ताकाआवश्यकता र चाहनाहाम्रालागि सँधै महत्वको विषयहो । उपभोक्ता सन्तुष्टि नै हाम्रो प्रथमप्राथमिकताहो । रंगले कुनै न कुनै तवरमामानिसको ब्यक्तिवको पनि प्रतिनिधित्व गर्छ भन्ने हाम्रो विश्वास छ ।”, नयाँ रंगमा सार्वजनिक ज्वेलरी ह्वाइट एफ११का बारेमा बोल्दै ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने, “नयाँ रंग ज्वेलरी ह्वाइटमा सार्वजनिक एफ११ को यो संस्करणले थप उपभोक्तालाई सन्तुष्टि प्रदान गर्नुका साथै नेपाली बजारमा हामीलाई अझ माया र हौसला प्रदान हुने हामीले आशा लिएका छौँ ।”

सार्वजनिक भएसंगै एफ११ सिरिजका स्मार्टफोनलाई नेपाली बजारमा कम प्रकाश भएका स्थानमा समेत उत्कृष्ट पोट्रेट फोटोग्राफी क्षमताका तथा यसमा सामाहित विभिन्न नवप्रबर्तनात्मक प्राविधिहरुका लागि निकै सराहना तथा माया प्रदान गरिएको छ । 

फोनमाउपभोक्तालाई सहज तथा त्रुटिरहित प्रयोग अनुभव प्रदान गर्ने उद्देश्यका साथ४८ एमपी अल्ट्रा–क्लियर क्यामेरा प्रणाली र वाटर–ड्रप स्क्रिन जडान गरिएको छ ।