काठमाण्डौ । वैश्विकस्तरमै अग्रणी स्मार्ट उपकरण ब्रान्ड ओपोले नेपालमा एफ१९को बिक्री आरम्भ गरेको छ। एफ१९को डिजाइन विशेषगरी उच्च गुणस्तरीय स्मार्टफोनका साथै आकर्षक डिजाइन मनपराउने “ट्रेन्ड सेटिङ” पुस्तालाई ध्यानमा राखिगरिएको छ। 

एफ१९मा ब्रिलियन्ट स्क्रिन, उच्च कोटीको परफरमेन्सका साथै कम्पनीले आकर्षक डिजाइनपनि दिएको छ। यसको विकास गरिँदा प्रयोगकर्ताले फोनको दैनिक प्रयोग गर्दा ब्याट्रीका कारण कुनै समस्या झेल्न नपरोस् भन्नुका साथै छरितो चार्जिङमार्फत चार्जिङकै लागि धेरै समय खर्चिन नपरोस् भन्नेतिर पनि विशेष ध्यान दिइएको छ।

“एफसिरिजको डिजाइन आफ्नो दैनिक आवश्यता पूर्तिका साथै जीवनमा सहजता प्रदान गर्ने प्रविधिसहितको ट्रेन्डी स्मार्टफोन चाहने उपभोक्ताका लागि गरिएको हो। दिनभर फोनको प्रयोग, विनाकुनै रुकावत गर्न सकियोस् भन्ने सोचका साथ यसमा ३३ वाट फ्ल्याशचार्ज सुविधासहितको ५ हजार एमएएच क्षमताको ब्याट्री जडान गरिएको छ। साथै, उपभोक्ताका आँखालाई नकारात्मक किरणबाट जोगाउने प्रविधिका साथमाउत्कृष्ट एमोलेड एफएचडी+ पञ्च-होल डिस्प्ले, त्यो पनि पातलो बडी डिजाइनका साथमा दिइएको छ। ओपो एफ१९ले डिजाइन र प्रविधिका क्षेत्रमा सन्तुलित परफरमेन्स दिन्छ। विशेषगरी आफ्नो क्यारियरको सुरुआती अवस्थामा रहेका युवावर्गमाझ यो फोन निकै लोकप्रिय हुनेमा हामी विश्वस्त छौँ”, ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने।

सुपर स्मूथ परफरमेन्स 

खेल होस् वाकाम, हरेक क्षेत्रमा उच्च उपलब्धि चाहने प्रयोगकर्तालाई ध्यानमा राखी यो फोनको डिजाइन गरिएको छ। फोनमा लामो समयसम्म चलाउँदा पनि ल्याग हुन नदिने प्रोसेसरको प्रयोग गरिएको छ। एफ१९मा स्मूथ परफरमेन्सको सुनिश्चितताका लागि क्वालकम स्न्यापड्रागन ६६२ चिपको प्रयोग गरिएको छ। फोनमा ६ जीबी र्याम र १२८ जीबी रोमको ब्यवस्था रहेको छ। दिनभरको चिन्तारहित प्रयोगका लागि फोनमा ५ हजार एमएएच ब्याट्रीका साथै फास्ट चार्ज प्रविधि पनि उपलब्ध छ। चार्जिङका लागि लाग्ने समयमा सक्दो कटौती होस् भन्ने सोचका साथ फोनमा ११भीथ्रीए सोल्यूशनका साथमा मात्र ७२ मिनेटमै पूर्ण चार्ज वा ३० मिनेटमै ५४% चार्ज भर्ने  क्षमतासहितको ३३वाट फ्ल्याशचार्ज प्रविधि पनि दिइएको छ। साथै, समय नहुँदा मात्र ५ मिनेटको चार्जबाटै प्रयोगकर्ताले ५.७३ घण्टा कलिङ, १.३७ घण्टा इन्स्टाग्राम र १.८१ घण्टा यूट्यूबको मज्जालिन सक्छन्।

उत्कृष्ट शट्स

ओपो एफ१९ले प्रयोगकर्तालाई फोटोग्राफी तथा भिडियोग्राफी क्षेत्रका अत्याधुनिक प्रविधिहरुको मज्जा लिने अवसर प्रदान गर्छ। फोनमा जडित ४८एमपी मेन क्यामेरासहितको रियर एआई ट्रिपल क्यामेरामार्फत प्रयोगकर्ताले स्पष्ट सेल्फी तथा उत्कृष्ट भिडियो रचनात्मकता झल्काउँदै खिच्न सक्छन्। मेन क्यामेराका साथै फोनमा २एमपी डेप्थक्यामेरा र २एमपी माक्रो क्यामेरा पनि जडान गरिएका छन्। आफ्ना पोट्रेट्स, डेली लाइफ, टेक्स्चरलगायत आफ्ना शट्सलाई अझ आकर्षक देखाउन फोनमा १५ आकर्षक फिल्टर्सको ब्यवस्था पनि रहेको छ। तस्बिरमा अझ सटिक परिमार्जनका लागि एफ१९मा एआई सिन इन्ह्यान्समेन्ट फिचरको ब्यवस्था पनि छ। रातको समयमा खिचिएका तस्बिरमा स्पष्टता प्रदान गर्न यसमा नाइट मोड पनि दिइएको छ।
एफ१९मा सेल्फीका लागि १६ एमपीएआई सेल्फी क्यामेरा जडान गरिएको छ। यसले परिवेशअनुसारको प्रकाश समायोजनका साथै स्किन टचअप तथा मानिसमा रहेका प्राकृतिक सुन्दरता झल्काउन सघाउन हल्का मेकअप इफेक्ट पनि प्रदान गर्छ।

ओपो एफ१९मा भिडियो फिल्मिङ तथा एडिटिङका लागि विभिन्न फिचर्स पनि उपलब्ध छन्। यसमा जडित रियर क्यामेरामार्फत १०८०पीवा ७२०पीको स्टिडी भिडियो ३० एफपीएससहित खिच्न सकिन्छ। त्यसैगरी यसमा रहेको स्लो-मोले भिडियोमा हल्का नाटकीयपन थप्न १२०एफपीएसमा ७२०पीको स्लो मोसन भिडियो खिच्ने क्षमता राख्छ। 

त्यसैगरी भिडियो सम्पादनमा सघाउँदै स्वचालित रुपमा सामाजिक सञ्जालमा सहजै उत्कृष्ट भिडियो शेयरिङमा सघाउने सोलुप फिचर पनि फोनमा उपलब्ध छ।

आकर्षक स्लिक बडी

शक्तिशाली प्रोशेसर र ठूलो ब्याट्री भए पनि ओपो एफ१९ले सबैलाई स्लिम, वेलक्राफ्टेड, आकर्षक बडी डिजाइनमा समाहित गर्न सफल देखिन्छ। परफरमेन्सका साथै यसमा रहेको थ्रीडी कभ्र्ड ग्रिपले प्रयोगकर्तालाई फोन बोक्दा पनि उत्तिकै सहजता र आरामदायिताको अनुभव प्रदान गर्छ। फोनको चौडाइ जम्मा ७.९५ एमएम र वजन १७५ ग्राम रहेको छ। यसमा प्रयोग गरिएको डाई-कास्टिङ आलुमिनियमअलोइ प्रविधिका कारण मदरबोर्डको सबैभन्दा चौडा भागसमेत जम्मा ०.२१ एममम चौडाइको रहेको छ।

फोनमा रहेका तीन क्यामेरालाई कम्पनीले अधिकांश फ्ल्यागशिप स्मार्टफोन्समा पाइने अत्याधुनिक डिजाइन ट्रेन्डलाई दृष्टिगत गर्दैै रेक्ट्यांगुलर ओरियन्टेशनमा समायोजन गरेको छ। क्यामेराको डेकोरेटिभ पिसमा पछिल्ला पुस्ताका तुलनामा थप परिमार्जित साना कोणका गोलाकार कर्नरसहित डिजाइन गरिएको छ। साथै, यी डेकोरेटिभ रिंगले सुदृढ टेक्स्चरका साथै फोनलाई प्रिमियम लुक प्रदान गरेको छ। एफ१९ प्रिज्मब्ल्याक र मिडनाइट ब्ल्यू गरी दूई आकषक रंगमा उपलब्ध गरिएको छ। यसको मिडल फ्रेमको निर्माणमा प्रयोग गरिएको भ्याक्यूमप्लेटिङ प्रक्रियाले फोनको प्रिमियम, मेटालिक अझ सुन्दर र सार्पर देआउन सघाएको छ।

ओपो एफ१९मा अल्ट्रा-हाई रेजोल्यूशनसहितको एमोलेड एफएचडी+ पञ्च-होल डिस्प्लेको प्रयोग गरिएको छ। यसमा उपलब्ध गरिएको अल-डे केयर फिचरको सुविधाले प्रयोगकर्ताका आँखालाई गेमिङ वा भिडियोको मज्जालिई रहेका बखतमा समग्र सुरक्षाप्रदान गर्छ।

ओपो एफ१९मा दिइएको ९०.८% अल्ट्रा-हाई स्क्रिन-टू-बडी रेसियोसहितको १६.३४ सीएम स्क्रिनले २४०० × १०८० पी रेजोल्यूशन दिन्छ। स्क्रिनले ओगट्ने स्थानमा कमी हुन नदिन यसमा एकदमै पातलो १.६०एमएम बेजलसहितको ३.६८८एमए पन्च-होल क्यामेराको प्रयोग गरिएको छ। क्यामेरा बेजलको चारैतिर फोन उठाउँदा तथा फ्रण्ट क्यामेराको प्रयोग गर्दा लाइट फाल्ने, होल पञ्च लाइट रिंग जडान गरिएको छ। यसले गर्दा प्रयोगकर्ताले ठूलो स्क्रिनमा आफूलाई मनपर्ने टीभी शो वा मोबाइल गेमको पूर्ण मज्जालिन सक्छन्। साथै, फोनमा प्रयोगकर्ताको सहजताका लागि ईन-डिस्प्ले फिंगरप्रिन्ट ३.० पनि दिइएको छ।

ओपो एफ१९मा प्रयोगकर्ताका आँखाको सुरक्षार्थ समय तथा प्रयोगसँगै स्वचालित रुपमा स्क्रिन ब्राइटनेश मिलाउने क्षमता बोकेको एआई स्मार्ट ब्याकलाइटको ब्यवस्था गरिएको छ। त्यसैगरी यसमा रहेको डीसी डिमिङले स्क्रिनको ब्राइटनेस २०४८ डिमिङ लेभलसम्म समायोजन गर्दै स्क्रिन फ्लिकरिङ हुन रोक्छ।

सुरक्षित आनन्ददायी अनुभव

ओपो एफ१९मा शक्तिशाली ब्याट्रीका साथै प्रयोगकर्ताको गोपनियताको सुरक्षा तथा फोनको अवस्था सही राख्नसमेत सघाउने फिचर्सहरुको  राम्रो प्रबन्ध मिलाइएको छ। ब्याट्री सकिने चिन्ताबाट जोगाउन फोनमा सुपर पावर सेभिङ मोडको ब्यवस्था गरिएको छ। यसले ब्याट्री लामो समयसम्म टिकाउन अनावश्यक प्रोशेसहरु बन्द गर्दै सीपीयू फ्रिक्वेन्सी तथा एप्सका ब्याकलाइट समायोजनमा सघाउँछ। उदाहरणका लागि फोनका म्यासेजिङ एपहरु डार्कमोडमा स्विट्च हुन्छन्। जसले गर्दा मात्र ५% ब्याट्री बाँकी रहँदा पनि प्रयोगकर्ताले २.७ घण्टाको टक टाइम, १.३ घण्टा ह्वाट्सएपलगायत प्रयोग गर्न सक्छन्।

राती फोन चार्ज गर्न बिर्सिने चिन्ताले कुनै न कुनै बेला हामी सबैलाई पिरोलेको यादगर्नुस् त। यसको समाधानका रुपमा ओपोले सुपर नाइटटाइम स्ट्याण्डबाई मोडको ब्यवस्था गरेको छ। यो मोडले प्रयोगकर्ताका सुत्ने बानीका बारेमा जानकारी राख्दै ८ घण्टाको स्ट्याण्डबाई समयमा मात्र २% ब्याट्री खपत गर्छ। त्यसैगरी रातभर फोन चार्जमा राख्दा फोन तात्ने सम्भावनाबाट जोगाउन यसमा एआई नाइट चार्ज फिचरको ब्यवस्था छ। यो फिचरले  फोनलाई ८०% सम्म चार्ज गरिसकेपछि स्वचालित रुपमा बाँकी चार्जका लागि प्रयोगकर्ता उठ्नु ठिक ६० मिनेट अघि पूणः चार्जिङलाई निरन्तरता दिन्छ। फोनले प्रयोगकर्ताको सुत्ने समयअनुसार आफूलाई समायोजन गर्दै सुतिरहेको बखतमा चार्जिङका कारण हुन सक्ने सम्भावित खतराको चिन्ताबाट समेत राहत दिन्छ। साथै, तापमानको नियन्त्रणका लागि फोनमा ग्राफाइट ट्यूब्सको पनि प्रयोग गरिएको छ। यसले तापक्रम नियन्त्रणमा सघाउनुका साथै ब्याट्रीका आयूसमेत लम्ब्याउन सघाउँछ।

फोनमा प्रयोग गरिएको कलरओएस ११.१ले प्रयोगकर्ताका ब्यक्तिगत डाटा तथा गोपनियताको सुरक्षार्थ फोनमा एप लक, प्राइभेट सेफलगायत फिचर्स पनि उपलब्ध गरिएका छन्। ओपो एफ१९मा लो ब्याट्री एसएमएस, अलसिनेरियो एसओएस, एसओएस सिग्नल लाइटलगायत अन्य सुरक्षा फिचर्स पनि उपलब्ध छन्।

ओपो एफ१९मा फोनलाई ल्याग हुने समस्याबाट जोगाउन क्वालकम स्न्यापड्रागन ६६२को ब्यवस्था गरिएको छ। साथै, सामाजिक सञ्जाल तथा गेमिङमा ब्यापक मज्जाका लागि ट्यापिङ र स्वापिङ प्रतिक्रियामा तीव्रताका लागि यसमा हाइपर बुस्ट फिचर पनि दिइएको छ। त्यसैगरी पूर्णरुपमा गेमिङको मज्जा बिना रुकावत लिनचाहनेहरुका लागि गेम फोकस मोडको ब्यवस्था छ। यसले ईनकमिङ कल्स ब्लक गर्दै नोटिफिकेशले ध्यान भंग हुन दिँदैन। तर, अत्यावश्यक म्यासेज  आउने सम्भावना हुनेहरुले छानिएका केही एप्समार्फत मात्र क्रिटिकल नोटिफिकेशन तथ म्यासेज, गेम स्क्रिनमाथि प्रेशित गराउन बुलेट नोटिफिकेशन र गेम फ्लोटिङ विन्डो फिचरको प्रयोग गर्न सक्छन्।

बजार उपलब्धता

ओपो एफ१९ प्रिजमब्ल्याक र मिडनाइट ब्ल्यू गरी दुई आकर्षक रंगमा नेपाली बजारमा उपलब्ध गरिएको छ। ६ जीबी र्याम र १२८ जीबी सञ्चय क्षमताका साथमा सार्वजनिक यसको मूल्य रु. ३४ हजार ५९० निर्धारण गरिएको छ।