शन्चन । अग्रणी वैश्विक स्मार्ट उपकरण ब्राण्ड ओपोले आधिकारिक रुपमा ओपो रेनोभेटर्स २०२१ इमर्जिङ आर्टिस्ट प्रोजेक्टको तेस्रो संस्करणको घोषणा गरेको छ। 

विश्वभरका कला तथा प्रविधि प्रेमीहरुको प्रतिस्पर्धा हुनाका साथै नयाँ रचनाकारलाई कला तथा प्रविधिमार्फत भविष्यको सटिक कल्पना गर्न सघाउने प्ल्याटर्फमका रुपमा सघाउने पनि ओपो रेनोभेटर्स २०२१ को उद्देश्य रहेको छ। विश्वभर रेनोभेटर्स कार्यक्रमको थालनीमार्फत ओपोले उदयीमान कलाकारहरुका लागि तिनका काम प्रदर्शित गर्ने तथा स्थापित कलाकारहरुसँग प्रेरित हुँदै तिनका मार्गदर्शन प्राप्त गर्दै अमूल्य करिअर अवसरहरु प्राप्त गर्न सघाउने सक्रिय समुदायको निर्माण गर्नेछ। 

ओपो रेनोभेटर्सले नयाँ सिर्जनाकारहरुलाई प्रविधिमार्फत आफ्ना सिर्जना तथा सोच प्रस्फुटनका लागि प्रेरित गर्छ। कार्यक्रमको ब्रान्ड इनिसियटर (आरम्भकार) का रुपमा ओपोका उपाध्यक्ष तथा अध्यक्ष, ग्लोबल मार्केटिङ विलियम ल्यूले भने, ‘ओपोले सधैँ नै सिर्जनात्मक युवापुस्ताका शक्ति माथि विश्वास गर्दै तिनका उत्कृष्टता विश्वसामु ल्याउने चाहना बोकेको छ। विश्व बदल्ने प्रेरणा आजका युवापुस्तामाझबाटै आउने सम्भावना प्रबल छ। त्यसैले हामी तिनका रचनात्मक सोचलाई सार्थकता दिन सदैव तत्पर छौँ।’

प्रतिस्पर्धाका विभिन्न कोटीहरुमार्फत यस वर्षको विषय, प्रकाश माथि अन्वेषणका लागि असिमित तरिकाहरु खुल्ला छन् –

यस वर्षको रेनोभेर्स कार्यक्रमको थिम (विषय) प्रकाश हो। अधिकांश जीवनका लागि अपरिहार्य अंग तथा पृथ्वीमा शक्तिको प्रमुख स्रोतका रुपमा प्रकाशलाई सधैँ नै माया तथा आशाजस्ता सकारात्मकताको प्रतिकका रुपमा लिने गरिन्छ। प्रकाशको न्यानोपन तथा चमकमार्फत शान्ति र आशावादको प्रत्याभूति दिन सकिने र यसैमार्फत युवा रचनाकारहरुलाई कलाको नयाँ सीमा कोर्दै तिनको सिर्जनशीलताका लागि झिल्का प्रदान गर्न सकिने कुराप्रति ओपो आशावादी छ।

ओपो रेनोभेटर्सको विषय, प्रकाश मातहत आर्ट टेक र आर्ट टोय गरी दुई व्यावसायिक प्रतिस्पर्धाका कोटी सम्मिलित छन्। यसका साथै रचनात्मक उत्साहीहरुका लागि पोटे«ट खिच्ने स्पर्धा पनि राखिएको छ। आर्ट टेक कोटीमा युवा कलाकारहरुले स्वतन्त्र रुपमा कला र प्रविधिको फ्युजन प्रस्तुत गर्न सक्नेछन्। आर्ट टोय कोटीमा कलाकारहरुलाई ओपोको म्यासकोट, ओलीमा आफ्नो श्रृजनात्मक स्वतन्त्रता कलेक्टिबल डिजाइनर टोयका रुपमा प्रस्तुत गर्न सक्नेछन्। 

त्यसैगरी पोट्रेट क्याप्चर कोटीमा प्रतिस्पर्धीहरुले पोट्रेट इमेज वा भिडियोमार्फत मानव कथाहरु प्रस्तुत गर्न सक्छन्।

भविष्यका उज्ज्वल कलाकारहरुका लागि अवार्ड तथा ग्लोबल स्टेज

ओपो रेनोभेटर्सले कार्यक्रममा सहभागी प्रतिभावान कलाकारहरुको विकासका लागि ओपोको ग्लोबल संसाधन प्रयोगमा ल्याउनेछन्। विभिन्न उपहार तथा अवार्डका साथै छनोटमा परेका कलाहरु लन्डन डिजाइन फेस्टिबल र दुबई वर्ल्ड एक्स्पोजस्ता ग्लोबल एग्जिबिसन तथा ग्लोबल अनलाइन एग्जिबिसनहरु मा प्रदर्शित हुने अवसर प्रदान गरिने जानकारी दिइएको  छ। 

यसका साथै रेनोभेटर्समा सहभागिता जनाउने युवा डिजाइनर्सले ओपोको अनुबन्धित डिजाइनर हुँदै व्यावसायिक रुपमा आफ्नो रचनात्मक सोचलाई सार्थकता प्रदान गर्ने अवसरसमेत हात पार्न सक्नेछन्।

ओपो रेनोभेटर्सको आयोजना विश्वका उत्कृष्ट आर्ट तथा डिजाइन संस्थाहरुसँगको मात्र सहकार्यमा नभई यसमा चर्चित कलाकार तथा डिजाइनरहरु निर्णायक मन्डलीमा सम्मिलित छन्। सम्मिलित चर्चित नामहरुमा लेजेन्डरी अन्तर्राष्ट्रिय डिजाइनर तथा भिडियो आर्ट गेरी हिलका संस्थापकहरुमध्येका एक कासिवा साटो, अडियोभिज्युअल आर्टिस्ट र्योची कुरोकावा र ब्रान्डिङ कन्सल्ट्यान्ट टोम्मी ली रहेका छन्।

ओपो रेनोभेटर्स मा भाग लिन तथा थप जानकारीका लागि ओपो रेनोभेटर्स २०२१ को आधिकारिक वेबसाइट https://campus.oppo.com/en/ मा जान सकिन्छ। प्रतिस्पर्धामा सहभागिताका लागि आर्टवक्र्स अगस्ट २९, २०२१ जीएमटी २४ः०० भन्दा अगाडि सबमिट (बुझाउनु) पर्नेछ। प्रतिस्पर्धाको अन्तिम नतिजा सेप्टेम्बर १८, २०२१ को जीएमटी २४ः०० भन्दा अगाडि घोषणा गरिने जानकारी दिइएको छ।