काठमाण्डौ । वैश्विक रुपमै अग्रणी स्मार्टफोन ब्रान्ड ओपोले नेपालमा ‘ओपो ए सिरिज २०२०’ आजआधिकारिकरुपमा सार्वजनिक गरेको छ।

ओपो ए सिरिज २०२० अन्तर्गत सार्वजनिक ओपो एनाइन २०२० र ओपो एफाइभ २०२० मध्यमवर्गिय स्मार्टफोन बजारका लागि ब्रान्डको नयाँ भेट हो । उच्च गुणस्तर र मितव्ययी मूल्यको समायोजनका साथै उत्कृष्ट फोटोग्राफी, आकर्षक डिजाइन रलामो समय टिक्ने ब्याट्रीका साथमा ए सिरिज जेनरेशन जी यूवाका लागि अपरिहार्य उपकरणका रुपमा रहिरहने देखिन्छ ।

“नयाँदशकको शुरुवातको महोत्सवका रुपमा हामीले यी दुई ह्याण्ड सेटलाई ओपो ए सिरिज २०२० नाम दिएका छौँ । साथै पछिल्लो दशकमा ए सिरिजले प्राप्त गरेको सफलता मनाउने र नयाँ पुस्ताका मोबाइल प्रयोगकर्तालाई स्वागत गर्नु पनि यसको मूल उद्देश्य हो”, ओपो नेपालका कार्यकारी अधिकृत बबी ट्राओले भने, “नयाँ नामले आउने दशकका लागि हाम्रो भिजनको प्रतिनिधित्व पनि गर्छ । यसले ब्राण्डका अत्याधुनिक प्रविधिहरु, आकर्षक डिजाइन, उत्कृष्ट फोटोग्राफी, शक्तिशाली कार्यक्षमताको प्रतिनिधित्व गर्नुका साथै अझ सटिक रुपमा नयाँ पुस्ताका मागको सम्बोधन पनि गर्छ ।” 

ए सिरिज २०२० अन्तर्गतका यी दुई नयाँ मोडलले ओपोका लागि पछिल्ला संस्करणका तुलनामा अझ बढी सम्भावनाका ढोकाहरुसमेत खुल्ला गरिदिएको छ ।

ओपो ए सिरिज २०२० ले प्रयोगकर्तालाई यसमा रहेको बहुउपयोगी ४८ एमपी क्वाड क्यामेरामार्फत आफूमा निहीत रचनात्मकता जागृत गराउन अभिप्रेरित गर्छ र ५ हजार एमएएच अल्ट्रा ब्याट्रीले लामो समयसम्मको निरन्तर प्रयोगका लागि सघाउँछ । नयाँ फोनले अद्वितीय मनोरञ्जन प्रदान गर्दै दैनिक तनाव कम गर्न सघाउँदै जीवनका अनेक सम्भावना नियाल्न मद्दत गर्छ ।

ओपो एनाइन २०२० मा बहुउपयोगी क्वाड क्यामेरा सेटअप, ४८एमपी मुख्य क्यामेरा प्लस ८ एमपी अल्ट्रा-वाइड लेन्स प्लस २ एमपीमोनो लेन्स प्लस २ एमपी पोट्रेट लेन्स उपलब्ध गरिएको छ ।

त्यसैगरी ओपो एफाइभ २०२० मा पनि कम्पनीले बहुउपयोगी क्वाड क्यामेरा सेटअप दिएको छ । तर यसमा भने १२ एमपी मुख्य क्यामेरा जडान गरिएको छ । यिनले प्रयोगकर्ताका हरेक शुटिङ एंगल्स तथा सिनेरियोको आवश्यकता अल्ट्रा नाइट मोड २.० र आर्टिस्टिक पोट्रेट स्टाइल्सको समग्र विकल्पका माध्यमबाट समाधान उपलब्ध गराउँछ ।

एनाइन २०२० मा रहेको ४८ एमपी प्रमुख लेन्सले उच्च रेजोल्यूशनका साथमा तस्विरको स्पष्टतामा सुधार दिँदै विस्तृत र गुणस्तरिय तस्विर लिन सघाउँछ । ८ एमपी ११९ डिग्री अल्ट्रा वाइड एंगल लेन्सले तस्विरको समायोजन र अभिब्यक्तिमार्फत विविधता दिनुका साथै साना स्थानमा समेत ठूला शट्स लिन सघाउँछ । मोनो लेन्स र पाट्रेट लेन्सले प्रयोगकर्तालाई पोटेट शट्समा रेट्रो, ग्रेनी र एट्मोस्फेरिक फिल्टर्सलगायतको प्रयोग गर्ने सुविधामार्फत पृथकतस्विर खिच्ने सुविधा दिन्छ ।

अल्ट्रा नाइट मोड २.०ले न्वाइज रिडक्सनको सुनिश्चितता दिन्छ । साथै, एचडीआर र मल्टिफ्रेम प्रविधिले प्रयोगकर्तालाई रातको समयमा समेत उज्याला तस्विर खिच्ने सुविधा प्रदान गर्छ । यसो गर्दा मानिसका लागि छुट्टै प्रक्रिया अपनाइने हुँदा तस्विरमा मानिसकाअनुहार चहकिला र अझविस्तृत देखिन्छ । अल्ट्रा नाइट मोड २.० को प्रयोग अल्ट्रा वाइड एंगलफोटो लिनका लागि समेत प्रयोग गर्न सकिन्छ ।

एनाइन २०२० मा १६एमपी सेल्फी क्योमरा उपलब्ध गरिएको छ र एफाइभ २०२०मा ८एमपी सेल्फी क्यामेरा । दुबैमा कम्पनीले टेलर मेड सेल्फीका लागि एआई ब्यूटिफिकेशन प्रविधि दिएको छ । यसले फरकफरक बजारमा रहेका फरकफरक ब्यूटी ट्रेण्डका लागि समाधान उपलब्ध गराउँछ । यो प्रविधिले स्वचालित रुपमा स्किन टोन, लिंग, उमेर, रंग लगायतको पहिचान गर्छ । अनुकूलित ब्यूटिफिकेशनका लागि यसले प्रयोगकर्ता छुट्याउने क्षमता समेत राख्छ । परिमार्जित र परिस्कृत नयाँअल्गोरिथममार्फत यसले मेकअफफ्रि लुक्सका साथमा आकर्षक र गुणस्तरिय तस्विर लिन सघाउँछ ।

उपभोक्ताको उच्च गुणस्तरिय एक्सन भिडियोका लागि बढ्दो मागको सम्बोधन गर्न यसपटक कम्पनीले ब्यूल्टइन गायरोस्कोप सहितदूबै ह्याण्डसेटका लागि नयाँ स्टेबलाइजेसन प्रविधि उपलब्ध गराएको छ । यसले दौडिँदा, हिँड्दा, साइक्लिङलगायत कार्य गरिरहँदा स्थिर भिडियो खिच्न सहजता प्रदान गर्छ । साथै छोटा भिडियो क्लिपको यो जमानामा सहजताका साथ बटन क्लिक गरेकै भरमा आकर्षक कन्टेन्ट निर्माणमा सघाउने सोचका साथ यसमा सुधारिएका भिडियो फिल्टर्स पनि उपलब्ध गरिएका छन् ।

८ जीबी र्याम र १२८ जीबी रोम सहितको ओपो एनाइन २०२०, मरिन ग्रिन र स्पेस पर्पल रंगमा अक्टोबर १ देखि नेपालभरका प्रमुख विक्रि केन्द्रमा उपलब्ध हुनेछ । यसको बजार मूल्य रु. ३५ हजार ९ सय ९० निर्धारण गरिएको छ ।

मूल्य रु. २७ हजार ९ सय ९० निर्धारण गरिएको ४ जीबी र्याम र १ सय २८ जीबी रोमसहितको ओपो एफाइभ २०२०, मिरर ब्ल्याक र ड्याजलिङ ह्वाइट रंगमा सेप्टेम्बर २४ देखि नै नेपालभरका प्रमुख विक्रि केन्द्रमार्फत उपलब्ध हुनेछ ।